
हरेक टोल र क्षेत्रमा आध्यात्मिक सत्संघ, मन्दिर, आध्यात्मिक स्कुलहरु जरुरी रहेको भन्दै त्यसले मानवभित्र सदमार्गमा चल्न प्रेरणा दिने बताइन् । आजका धेरै विकसित देशहरु पनि धार्मिक संगठनबाट अगाडी बढ्दै राजनीतिक रुपमा उदाएको चर्चा गर्दै चौधरीले समाज, देशलाई सकारात्मक बनाउन धार्मिक गुरुहरुले पनि भूमिका खेल्नुपर्ने बताइन् ।धार्मिकताका आधारमा मानिसको जीवन र स्वास्थ्यसँग धार्मिक नेतृत्वहरुले खेलवाड गर्ने गरेकोमा त्यस्तो नगर्न सुझाउँदै बरु समाजमा रहेको विक्रिति, विसंगति विरुद्ध चेतना प्रवाहमा लाग्न अनुरोध गरिन् । आध्यात्मिक सँगसँगै बैज्ञानिक विषयलाई पनि सँगसँगै अगाडी बढाए समाज सुधार्न टेवा पुग्ने बताइन् ।
