महेन्द्रनगर: आइसी वाइ सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको ६ औं संस्करणका फाइनलमा कोहिनुर स्पा फुटबल क्लब र इटाहा चारपाते युवा क्लब रातोले यात्रा पक्का गरेको छ।

इटाहा चारपाते युवा क्लबको आयोजनामा देखतभुलिको खेलमैदानमा सञ्चालनमा रहेको छैठौं आई सि वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिता फाइनलमा दुई टिम कोहिनुर स्पा र आयोजक रातो पुगेको आयोजकले बताएको छ।

माघ १३ गते शनिबारका दिन पहिलो सेमिफाइनल खेल एनवाईसी बाणी र इटाहा चारपाते युवा क्लब रातो बीच भएको थियो। उक्त खेलमा आयोजक रातो टिमले ३-१ गोलको अन्तरले एनवाईसी वाणिलाई हराउँदै फाइनलको यात्रा पक्का गरेको हो। दोस्रो सेमिफाइनल खेल कोहिनुर स्पा फुटबल क्लब र ब्रोदर एफसी बीच भएको रोमाञ्चक खेलमा निर्धारित समयमा गोल रहित बराबरी खेलेपछी खेलको निर्णय ट्राईबेकर बाट टुङ्गो लागेको थियो। जसमा कोहिनुर स्पा फुटबल क्लबले ४-३ गोलको अन्तरले ब्रोदर एफसी लाई हराउदै फाइनल प्रवेश गरेको छ।

कञ्चनपुर जिल्ला स्थित रहेको ईटाहा चारपाते युवा क्लबको आयोजनामा ६ औं आईसी वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को आयोजना देखतभुलिको खेलमैदानमा छैठौं संस्करणको समापन माघ १५ गते एक कार्यक्रमका साथ हुने प्रतियोगिता संयोजक रामदाश रानाले जानकारी दिएका छन् ।
प्रतियोगिताको पाचौं संस्करणमा प्रथम लाई ७१ हजार १ सय ७१ पुरस्कार राशी रहेको थियो भने यो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको छ। जसमा १ लाख १ हजार १ सय ११ रुपैया ट्रफी प्रमाणपत्र रहेको छ। उपविजेता टिमले ५५ हजार १ सय ५५ रुपैया पुरस्कार राशी तोकिएको आयोजकले बताएको छ।
विभिन्न विधाका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।
प्रतियोगितामा लालझाडी गाउपालिका वडा न.०५ मुख्य प्रवर्द्धक रहेको छ भने , समन्वय सहयोग लालझाडी गा.पा. र कृष्णपुर न.पा. वडा नं.३ को रहेको छ। यस अघि भएको ५ औं संस्करणको उपाधि सनि युनाइटेड देखतभुलीले जितेको थियो ।
जसमा उपविजेता शान्ती युवा क्लब, दैजी बनेको थियो। २०७३ सालमा स्थापित ईटाहा चारपाते युवा क्लबले आईसीवाईसि ७ वर्षदेखि निरन्तर रुपमा आईसीवाईसि कप आयोजना गर्दै आएको छ ।






