पुनर्वास : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–८ पृथ्वीबस्ती (क) गाँउमा दोस्रो एपिएस कप आयोजना हुने भएको छ।

बिहिबार पत्राचार गर्दै अलंकार पब्लिक स्कुलद्वारा आयोजना गरिने आधारभुत तह अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता अर्थात दोस्रो एपिएस कप माघ १५ देखि सुरु हुने आयोजकले बताउनु भएको हो ।

सामुदायिक विद्यालय बागिश्वरी मा.वि को प्रांगणमा प्रतियोगिता सञ्चालन हुने जसमा सहभागी हुने विद्यालयका लागि १५ सय दर्ता शुल्क तोकिएको छ। जसमा माघ १४ गते दिउँसो २ बजे सम्म टिम दर्ताका लागि समय श्रेणी रहेको आयोजक विद्यालयका प्रिन्सिपल पुष्पराज ओझाले बताए ।

उनका अनुसार ,प्रतियोगिता माघ २१ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार १ सय ५५ र द्धितिय पुरस्कार ७ हजार १ सय ५५ रुपैँया रहेको छ।






