भीमदत्त -११ का खेलप्रेमी वडाध्यक्ष थापा : खेल पोशाक देखि खेलकुद सामाग्री सहयोग


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको एक स्थानीय तहको वडा कार्यालयले खेलाडी लाई मध्यनजर गर्दै खेल पोशाक देखि खेलकुद सामाग्री सहयोग गरेको छ।भीमदत्त नगरपालिका वडा नं. ११ को कार्यालयले भोलि आइतबार देखि सञ्चालन हुने नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागि हुने विद्यार्थीहरु लाई शनिबार खेल पोशाक देखि आवश्यक खेलकुद सामाग्री दिएको हो।भीमदत्त नगरपालिका ११ वडा कार्यालयले नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागि हुने सिद्धनाथ अमर माध्यामिक विद्यालय गड्डाचौकि लाई वडाध्यक्ष प्रकाश थापाले खेल पोशाक सहित विभिन्न खेलकुद सामाग्री सहयोग गरेको उक्त विद्यालयका खेल शिक्षक नितेश रावलले बताउनु भयो।उक्त वडाबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एकमात्रै विद्यालय सहभागि हुने भएकाले उत्प्रेरणाका लागि विद्यार्थीको लागि खेल पोशाक १५ थान, खेल शिक्षकका लागि ट्रेक सुट २ थान , भलिबल २ थान र ज्याबलिङ थ्रीकाका लागि (भाला) १ थान सामाग्री हस्तान्तरण गरिएको खेल शिक्षक रावलले बताउनु भयो। वडाध्यक्ष थापा खेलाडी समेत हुन।

 


ताजा समाचार

spot_img