कञ्चनपुर: कञ्चनपुरका एक जनप्रतिनिधी (वडाध्यक्ष) मृत फेला परेका छन । भीमदत्त नगरपालिका ६ का वडाध्यक्ष महेन्द्र खडका मृत फेला परेका हुन । बिहानै मर्निङ्गवाक गर्ने स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बिहीबार बिहानै भीमदत्त नगरपालिका ६ ऐठपुर महाकाली सिँचाईको नहरमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले म१प ४८५२ नम्बरको मोटरसाईकल सहित मृत फेला परेको बताए ।

प्रवक्ता डाँगीका अनुसार मृत फेला परेका वडाध्यक्ष खडकाको शव पोष्टमाष्टका लागि महाकाली अस्पतालमा ल्याईएको छ । घरपरिवार आफन्तले घटनाको निष्पक्ष छानबिनको माग अघि सारेका छन । ३० बैशाख ०७९मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट खडका निर्वाचित भएका थिए । कञ्चनपुर प्रहरीले घटना बारे थप अनुसन्धान हुने जनाएको छ ।

