एसईई चैत पहिलो हप्ता, अब ग्रेडिङ सिस्टम नहुने

सबै विषयमा ३५ ल्याए मात्र पास


कञ्चनपुर : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए ।

‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, उनले भने । संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै शर्माले अन्योलमा नपर्न आग्रह गरे । ‘शिक्षा विधेयकमा १० कक्षाको परीक्षा उल्लेख नभएकाले धेरै कुरा आएको छ, एसईई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसईई हुन्छ’, उनले भने ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो’, उनले भने । यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।


ताजा समाचार

spot_img