किशोर किशोरी सचेतना अभिबृद्धि कार्यक्रम


महेन्द्रनगर : मानव बेचबिखन र बाल श्रमशोषण बिरुद्ध रिपोर्टिगं केसहरुको लागी बिद्यालयमा अध्ययनरत किशोर किशोरीहरुका लागि “सचेतना अभिबृद्धि कार्यक्रम” सोमबार बडैपुरमा सम्पन्न भएको छ । आफन्त नेपालको आयोजनामा श्री सिद्धनाथ माध्यमिक बिद्यालय बडैपुरमा कक्षा नौ र दशमा अध्ययनरत किशोर किशोरी बिद्यार्थिहरुलाई मानव बेचबिखन र बाल श्रमशोषण बिरुद्ध सचेतना अभिबृद्धि कार्यक्रम गरीएको हो । किशोर–किशोरी विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषण लगायतका विषयवस्तुहरूमा सचेत गराई बालश्रम तथा बेचबिखनको जोखिमबाट जोगाउने तथा विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषणका रिपोर्टिङ संयन्त्र र सम्बन्धित संस्थाहरुबारे जानकारी दिने उद्धेश्यले सचेतना अभिबृद्धि कार्यक्रम आयोजना गरीएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

कार्यक्रममा बालश्रम, बालश्रमशोषण, स्थानागमन, बालश्रम र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसार पसार, मानव बेचबिखनका उद्धेश्य, मानव बेचबिखनको जोखिमका कारणहरु, मानव बेचबिखन बिरुद्ध अपराध र सजायको ब्यवस्था, मानव बेचबिखन नयाँ प्रबृतिहरु र मानव बेचबिखन र बालश्रमशोषणको जोखिम भएमा, जोखिममा परेमा रिपोर्टिंग गर्ने सयन्त्र र त्यससम्वन्धी संस्थाहरु र बाल श्रमशोषण र मानव बेचबिखन रोकथाममा बिद्यार्थिहरुको भुमिका आदी बारे जानकारी प्रदान गरिएको सचेतना अभिबृद्धि कार्यक्रमका सहजकर्ता उत्तम बिष्ट ले बताए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष महेश भट्टले संस्थाले मानव बेचबिखन र बालश्रमम शोषण बिरुद्ध बिद्यार्थिलाई जागरुक र सचेत बनाउने काम गरेको बताए ।

‘मानव बेचबिखन र बालश्रम शोषण बिरुद्ध सवै किशोर किशोरी बिद्यार्थिहरुलाई जानकारी हुनु पर्ने बताउदै, उनले भने ‘संस्थाले आगमी दिनमा बिद्यालयसंग सहकार्य गरेर कक्षा ७ देखीमाथिका सवै किशोरकिशोरीलाई यस बिषयमा सचेतना जगाउनेकार्यमा सहयोग तथा सहजीकरण गर्न अनुरोध गर्नु भयो । बिद्यालयका शिक्षक भोजराज भट्ट, जयसिंह कुवँर र भक्त बहादुर महत्ता लगायत उपस्थित कार्यक्रममा श्री शान्ति आधारभुत बिद्यालय बनकट्टीका प्रध्यानाध्यापक उत्तम बिष्ट र आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपाली सहजकता रहेका थिए । कार्यक्रममा कक्षा नौ र दश मा अध्यनगर्ने ६५ जना बिद्यार्थिहरुको सहभागिता रहेको थियो । युनिसेफ नेपाल को आर्थिक सहयोग तथा एटविन संगको सहकार्यमा आफन्त नेपालले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।


ताजा समाचार

spot_img