६ औं आई.सी.वाई.सि वडाध्यक्ष कप माघ ५ देखि हुने


महेन्द्रनगर: आइसी वाइ सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको ६ औं संस्करण आगामी माघ ५ गते देखि हुने भएको छ ।

कञ्चनपुर जिल्ला स्थित रहेको ईटाहा चारपाते युवा क्लबको आयोजनामा ६ औं आईसी वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को आयोजना देखतभुलिको खेलमैदानमा हुने छैठौं संस्करणका कार्यक्रम संयोजक रामदाश रानाले जानकारी दिएका छन् ।

प्रतियोगितामा कैलाली र कञ्चनपुरका टिमको सहभागिता रहनेछ। टिम दर्ता माघ ३ गते दिउँसो ४ बजे सम्म गरिने छ। प्रतियोगिताको खेल तालिका माघ ४ गते सार्वजनिक गरिने छ। सहभागिता जनाउने टिमका लागि दर्ता शुल्क ६ हजार ५ सय ५५ तोकेको छ। जसमा टिम दर्ता गर्दा ५० प्रतिशत अग्रिम बुझाउनु पर्नेछ। प्रतियोगितामा ३२ टिम सम्म सहभागी गराइने छ।

प्रतियोगिताको पाचौं संस्करणमा प्रथम लाई ७१ हजार १ सय ७१ पुरस्कार राशी रहेको थियो भने यो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको छ। जसमा १ लाख १ हजार १ सय ११ रुपैया ट्रफी प्रमाणपत्र रहेको छ। उपविजेता टिमले ५५ हजार १ सय ५५ रुपैया पुरस्कार राशी तोकिएको आयोजकले बताएको छ।

विभिन्न विधाका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता र राइजिङ प्लयेर अफ द टुर्नामेन्ट लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।

प्रतियोगितामा लालझाडी गाउपालिका वडा न.०५ मुख्य प्रवर्द्धक रहेको छ भने , समन्वय सहयोग लालझाडी गा.पा. र कृष्णपुर न.पा. वडा नं.३को रहनेछ । यस अघि भएको ५ औं संस्करणको उपाधि सनि युनाइटेड देखतभुलीले जितेको थियो ।

जसमा उपविजेता शान्ती युवा क्लब, दैजी बनेको थियो। २०७३ सालमा स्थापित ईटाहा चारपाते युवा क्लबले आईसीवाईसि ७ वर्षदेखि निरन्तर रुपमा आईसीवाईसि कप आयोजना गर्दै आएको छ ।


ताजा समाचार

spot_img