एनएनएसडब्लुएद्धारा भूकम्प पछिकाे अवस्थाबारे स्थलगत अनुगमन


दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघकंचनपुरले(एनएनएसडब्लु ए र डिसिए ) ले मष्टा गाउँपालिका वडा नं १ जिन्नाडामा भुकम्प पछिको अवस्थाबारे अनुगमन गरेको छ । भुकम्पले भैतिक संरचनामा क्षेती पुगेपछि नेपाल राष्ट्रिय समाज कल्याण संघ ले गत महिना मष्टा गाउँपालिका भित्रका ४८१ भुकम्प पीडीत परिवारलाई रहात सामाग्री तथा प्रति परिवार १५ हजारका दरले आर्थिक साहयता सहयोग गरेको थियो ।मष्टा गाउँपालिकाकाे समन्वयमा संस्थाले नगद सहयोग गरिसकेपछि भुकम्प पछि त्यहाँको सामाजिक ,भौतिक तथा आर्थिक अवस्थाबारे बुझ्न र राहात के कसरी प्रयोग भइरहेको छ भनेर अनुगमन गरिएको हो ।शनिबार नेपाल राष्ट्रिय समाज कल्याण संघ कंचनपुरका कार्यकारी निर्देशक असोक बिक्रम जैरुको नेतृत्वमा संस्थाका कर्मचारी तथा सराेकारवाला संगकाे स्थलगत अनुगमनमा मष्टा गाउँपालिका वडा नं १ वडा सदस्य कलक रोकाया, पत्रकार, लगाएतको सहभागीता रहेको थियो ।

अनुगमन पछि भोली मष्टा गाउँपालिका संग भुकम्प पीडितको अवस्थाबारे छलफल गरेर समन्वय गरेर भुकम्प पीडितको समस्या समाधान गर्न सहयोग गर्ने संस्थाका सुदृढ परियोजना अधिकृत प्रभुनिधी पन्तले जानकारी दिनुभयो ।


ताजा समाचार

spot_img