नवकिरण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाको शनिवार १२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सहकारीको साधारण सभाको नगर प्रमुख रण बहादुर महरा र उप प्रमुख कल्पना पन्तले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । साधारण सभामा बोल्दै नगर प्रमुख महराले थोरै समयमा प्रगति गरी सहकारी प्रदेश स्तरको संस्थाको रुपमा परिणत भएको बताउनु भयो । उहाँले रचनात्मक कार्य गरी सहकारीलाई राष्ट्रिय स्तरको संस्था भएको हेर्न चाहेको बताउनु भयो ।

उहाँले पिछडीएका वर्गलाई एकवद्ध गरेर सहकारीले जीवनस्तर उकास्नमा मद्दत पुरयाएको बताउनु भयो । नगर उप प्रमुख कल्पना पन्तले सहकारीका सदस्यहरुको जीवन स्तर माथि उठाउन सहकारीको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । गरिवि हटाउन सहकारीको भूमिका अहं छ उहाँले भन्नु भयो, सहज रुपमा कर्जा प्रवाह गर्ने व्यवस्था गरी उत्पादनशिल क्षेत्रमा सहकारीले लगानी गर्नु पर्छ । सहकारीका सचिव बालसुग्रीव रानाले वार्षिक प्रगति प्रतिवेदन साधारण सभामा पेश गर्दै गत आबमा रु १३ करोड ४८ लाख ९४ हजार ७ सय ४० रुपैयाको कारोबार गरेको सहकारीले २ करोड ९१ लाख ८२ हजार ३ सय ३१ बचत गरेको बताउनु भयो । सहकारीले गत आर्थिक वर्षमा रु ४ लाख ३ हजार ४ सय ३७ नाफा आर्जन गरेको छ । उनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा रु ६ करोड ८० लाख ८६ हजार ७ सय ऋण लगानी भएको छ । संस्थाको कुल शेयर पूँजी ४४ लाख ८३ हजार ६ सय रहेको छ ।सहकारीका अध्यक्ष धन बहादुर चौधरीको सभापतित्वमा सञ्चालन गरिएको साधारण सभामा कञ्चन सहकारीका दीपक भट्ट, सृजनशिल सहकारीका केपी पाण्डेय, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि लगायतले सहकारीको सफलताको कामना गर्नु भएको थियो ।
सहकारीले साधारण सभाका अवसरमा ४ जना शेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा बाल बचतकर्तातर्फ एनिसा भट्ट,असल कारोबारी सिमा चौधरी,उत्कृष्ट बचतकर्ता भरत बहादुर विष्ट र ज्येष्ट नागरिक बचतकर्ता तर्फ गोर सिंह बुढा रहेका छन् । उनीहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । सहकारीका सञ्चालक समिति सदस्य खडक सिंह साउँदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहकारीका प्रवन्धक प्रमुख लक्ष्मी सेठीले गर्नु भएको थियो ।

सहकारीमा आवद्ध सदस्यहरुको आय आर्जनमा टेवा पुरयाउन छ करोड लगानी सहकारीमा आवद्ध सदस्यहरुको आय आर्जनमा टेवा पुरउनका लागि रु छ करोड ८० लाख ८६ हजार सात सय रकम लगानी गरेको छ । मुक्त कमैंया, आरक्ष विस्थापीत, दलित, गरिव परिवारलाई संगठित गराई सञ्चालन गरिएको सहकारीले व्यवसायी गर्ने व्यक्तिहरुलाई रु एक करोड ५२ लाख ७३ हजार दुई सय १५, कृषि सम्बन्धी व्यवसायीक खेती गर्नेलाई रु दुई करोड २१लाख ३४ हजार एक सय २२, आवास निर्माणका लागि रु १९ लाख ४० हजार तीन सय रकम लगानी गरेको छ । यसैगरी, कुखुरापालका लागि रु २१ लख १५ हजार २७,बङगुरपालनका लागि रु २५ लाख १८ हजार ९५०, उच्च शिक्षा पढने विद्यार्थीलाई शैक्षिक कर्जा अन्र्तगत रु १५ लाख ३० हजार आठ सय ९० र आकस्मीक कर्जा रु १३ लाख २१ हजार पाँच सय ९२ रकम लगानी गरिएको सहकारीका अध्यक्ष धन बहादुर चौधरीले बताउनु भयो ।

“कर्जा १४ देखि १६ प्रतिशत व्याज लिने गरी लगानी गरेका छौं” उहाँले भन्नु भयो, “लगानी गरिएको कर्जा मध्ये रु चार करोड ६८ लाख ३४ हजार ९६ रकम असुली गर्न बाँकी छ ।”
सहकारीमा आवद्ध सदस्य अधिकांस विपन्न परिवारका भएकाले व्यवसायीक कार्यमा लगानी गर्नका लागि रकम कर्जाका रुपमा प्रदान गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । युवा स्वरोजगार कोषबाट सहुलियत दरमा कर्जा लिई सहकारीमा आवद्ध विपन्न परिवारका २५ जना बेरोजगार युवाहरुलाई कर्जा प्रदान गरी स्वरोजगार बनाईएको उहाँले बताउनु भयो । अझै २७ जना युवाहरुलाई कोष मार्फत स्वरोजगार बनाउका लागि रकम लगानी गर्नका लागि प्रकृया अगाडी बढाईएको उहाँको भनाई रहेको छ । सुदूरपश्चिम प्रदेशको स्वरोजगार कार्यक्रम अन्र्तगत प्राप्त रु ८० लाख कर्जाको रकम ३० जना युवालाई प्रदान गरी स्वरोजगार उन्मुख गराईएको छ । सहकारीमा आवद्ध चार हजार तीन सय १५ सदस्य मध्ये दुई हजार बढी सदस्यले ऋण लिएर व्यवसाय सञ्चालन गरी आत्मनिर्भर हुन थालेको सहकारीका प्रवन्धक लक्ष्मी सेठीले बताउनु भयो । उहाँका अनुसार आब ०७९/८० मा सहकारीले रु १३ करोड ४८ लाख ९४ हजार सात सय ४० रकम बचत गरेको छ । दैनिक, मासिक, खुत्रुके, ऐच्छिक, जेष्ठ नागरिक र गृहणी बचत खाता मार्फत उक्त रकम बचत गरिएको छ । बचत गरिएको रकम मध्ये सहकारीमा हाल रु दुई करोड ९१ लख ८२ हजार तीन सय रकम रहेको छ ।

सहकारीलाई व्यवस्थीत रुपमा अगाडी बढाउनका लागि पञ्चेवर्षिय रणनीति योजना निर्माण गरिएको छ । “योजनामा सहकारीलाई विस्तृत रुपमा विश्लेषण गर्ने कोशिष गरेका छौं” प्रवन्धक सेठीले भन्नु भयो, “कर्मचारी र सहकारीका पदाधिकारीले कार्यान्वयनका लागि सकृय रुपमा भूमिका निर्वाह गर्दै आउनु भएको छ ।” सहकारीले समुह जमानीका आधारम विना धितो रु दुई लाख सम्म कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । संस्थाका सदस्यको निधन भएमा किरिया खर्च वापत रु १०हजार रकम प्रदान गर्दै आएको छ । सहकारीले सेयर सदस्यमा बृद्धि गरी आठ हजार पुरयाउने लक्ष्य लिएको छ । सेयर पूजिँ रु ८० लाख पुरयाउने लक्ष्य राखेको छ ।

ताजा समाचार

spot_img