रमेश प्रशाद भट्ट/कञ्चनपुर : विगतदेखि प्रहरीलाई छलेर वा उनीहरुलाई नगद भौतिक प्रलोभनमा पारेर तस्करी गर्दै आएका तस्कर समुहको यतिबेला सपना चकनाचुर भएको छ । गत बर्षदेखि कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेबारीमा एसपी कमल थापाले कमाण्ड सम्हालेपछी तस्करका एकपछि अर्का सपना चकनाचुर भईरहेका छन । एसपी थापाले विगतका केही प्रहरी कमाण्डर जस्तो लोभ लालसा भन्दा वास्तविक राज्यले दिएको जिम्मेबारी अनुरुप तस्करी गर्ने जो कोहीलाई पनि समान रुपमा कार्बाही गर्दै आएपछि तस्कर समुहका योजना बिफल बन्दै गएका हुन । भारतबाट सेटिङ्ग तथा लुकिछीपी तस्करी गर्दै रातारात अवैध कमाउधन्दा बनाउँदै आएका तस्कर समुहका योजना कञ्चनपुर प्रहरीले बिफल बनाउँदै आएको छ ।
जिल्लाका कुनैपनि नाका तथा क्षेत्रबाट तस्कर समुहले भन्सार छलेर वा सेटिङ्ग गरेर ल्याएका अवैध समान बरामद गर्दै आएको छ । यसैविच प्रहरीले भीमदत्त नगरपालिका ६ऐठपुर महेन्द्रनगरबाट समेत लाखौँका अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले भन्सार चोरीछलीका २लाख, २२ हजार बराबरका समान बरामद गरिएको बताए । उनका अनुसार जुता, भाडाकुडा लगायतको अवैध समान बरामद गरेर भन्सार बुझाएको बताए । अधिकाँस अवैध समान जिल्ला प्रहरी यूनियनले मात्रै बरामद गर्न थालेपछि जिल्लामा रहेका बाँकी प्रहरी यूनिट कतै तस्करसंग साँगठाँट वा उनीहरुलाई तस्कर समुहले छलेको हो कि ? भन्ने विषयमा नागरिकले चासो राखेका छन ।
राजस्व चोरीछली चुहावट दण्डहिनता बिरुद्धमा कडा एक्सनमा उत्रिएका एसपीको नागरिक स्तरमा प्रसंसा भएको छ । कञ्चनपुर प्रहरी प्रमुखले यस्तै राष्ट्रको हितकारी भूमिका निरन्तरताको नागरिकले अपेक्षा राखेका छन । नागसरकले तस्करसग मिलेर केही कालो धन कमाउने भन्दा एसपी थापाले तस्कर समुह तह लगाएर सुशासन गर्न खोजेको विषयमा आम प्रहरी अधिकृतले अनुशरण गर्नुपर्नेमा समेत सुझाव आईरहेको छ ।