एमरेड परियोजनाले सञ्चालन गरेका कार्यक्रमको अबलोकन

कञ्चनपुर : नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए) कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकामा आर्थिक विकास मार्फत विपद् जोखिम परियोजना(एमरेड)ले सञ्चालन गरेका कार्यक्रमहरुको आज अनुगमनको कार्य गरिएको छ ।
परियोजनाले नगरपालिकामा एक वर्ष देखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं १ मा परियोजना द्धारा सञ्चालित एक सय ५० मिटरको जैविक तटबन्ध, वडा नं २ मा उखु खेतीको अबलोकनका साथै सामुदायिक विपद् व्यवस्थापन समिति र कार्यदलहरु संग विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका सम्बन्धमा अन्तक्रिया कार्यक्रम गरिएको छ । यसैगरी वडा नं ३ मा जैविक तटबन्ध तथा वगर संरक्षका कार्यक्रमको अबलोकनको कार्य गरिएको छ । अबलोकन कार्यक्रममा परियोजनाका कार्यक्रम अधिकृत(संयोजक) महेश घिमिरेले जैविक तटबन्ध, उखु खेती र बगर संरक्षण प्रयास बारे अबलोकनमा सहभागीहरुलाई जानकारी दिनु भएको छ ।

अबलोकन कार्यक्रममा सहभागी नगर प्रमुख रण बहादुर महराले जैविक तटबन्धका कार्यक्रम निकै प्रभावकारी भएको चर्चा गर्नु हुदै उपभोक्ता जिम्मेवारभै जैविक तटबन्ध निर्माण गरिएका ठाउहरुमा घाँस लगायतका विरुवा रोप्नु पर्ने बताउनु भयो । समुदाय तयार भए जैविक तटबन्धका कार्यक्रमलाई अझै अगाडी बढाउन तयार छौं उहाँले भन्नु भयो, नगरपालिकाका तर्फबाट योगदान गर्न कटिवद्ध छौं । नगर उप प्रमुख कल्पना पन्तले नगरपालिकाका अति आवश्यक भएका १२ वटै वडामा परियोजना संग सहकार्य गरी नदी प्रभावित क्षेत्रमा जैविक तटबन्धका कार्यक्रम सञ्चालन गर्नका लागि पहल गरिने बताउनु भयो । ढुङगा तार जालीको तटबन्धन भन्दा जैविक तटबन्ध निकै सस्तो र भरपर्दो भएकाले यसलाई अरु ठाउमा विस्तार गरिनु पर्ने उहाँले बताउनु भयो ।

वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले जैविक तटबन्धले भू क्षय रोक्नमा महत्पूर्ण योगदान गरेकाले यसलाई प्राथमिकताका साथ विस्तार गरिनु पर्ने बताउनु भयो । वडा नं १ का अध्यक्ष उत्तरदेव भट्टले जैविक तटबन्धले गर्दा नदीले कटान गर्दै आएको जग्गा जोगिएकाले थप तटबन्ध निर्माणका लागि कार्य अगाडी बढाईने बताउनु भयो । बैजनाथ विपद व्यवस्थापन समितिका अध्यक्ष  हरिदत्त भट्टले परियोजनाका कारण १३ जना किसानले अनुदानमा उखुको बीउ पाएको बताउनु भयो ।उखुको बीउ बाफतको अनुदान रकम पाएका छौं उहाँले भन्नु भयो, उखु खेती गरी आर्थिक अबस्था सुधारमा हुने अपेक्षा छ । परियोजनाले सञ्चालन गरेको कार्यक्रम अन्र्तगत विपद् प्रतिकार्य योजना बनाई खोज तथा उद्दार, प्राथमिक उपचार, पूर्व सूचना लगायतका टोली गठन गरिएका छन । विपद् आएका बेला कसरी बच्ने भन्ने बारे पूर्व नमूना कृतिम अभ्यासको कार्य समेत गरिएको उहाँले जानकारी दिनु भयो ।

ताजा समाचार