कञ्चनपुर : कञ्चनपुरमा १२ औँ प्याब्सन फेस्टिबल आयोजना हुने भएको छ। प्याब्सन (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) कञ्चनपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै पुस १५ देखि १८ गतेसम्म महेन्द्रनगरमा प्याब्सन फेस्टिबल हुने जानकारी दिएको छ। फेस्टिबलमा कञ्चनपुरका ५० भन्दा बढी विद्यालयको सहभागीता रहने मूल आयोजक समितिका संयोजक महादेव प्रसाद भट्टले बताए ।
उनले भने ‘फेस्टिबलमा ५० भन्दा बढी आधारभुत तह र माध्यमिक तहका विद्यालय बीच खेलकुद प्रतियोगिता हुने छ।’ प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने टिमलाई सिल्ड, म्याडल, ट्रफी र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। फेस्टिबल पुस १५ गते महेन्द्रनगर स्थित कभर्ड हलको प्राङ्गणमा बिहान ९ बजे परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गर्ने प्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष अमराज भट्टले जानकारी दिएका छन्।






