कञ्चनपुरको महिला तथा वृद्ध सेवा केन्द्र देशभरीमैं उत्कृष्ट जेष्ठ नागरिक संस्था

नगद रु.१ लाख ५० हजार सहित पुरस्कृत


कञ्चनपुर : कञ्चनपुरको भीनपा–५, बनखेत स्थित महिला तथा वृद्ध सेवा केन्द्र दशभरीमै उत्कृष्ट जेष्ठ नागरिक संस्थाको रुपमा सम्मानि भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले वि.स २०८० को उत्कृष्ट जेष्ठ नागरिक संस्थाको रुपमा सम्मानित गर्दै नगद रु.१ लाख ५० हजार सहित पुरस्कृत गरको हो ।

जेष्ठ नागरिक दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा पौष ११ गते संस्थाका संस्थापक शारदा चन्दलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

आश्रमको सञ्चालक शारदा चन्दले ‘विगत १७ बर्ष देखि जेष्ठ नागरिक क्षेत्रमा काम गर्दै आएको आश्रमलाई यसरी पुरस्कृत र सम्मानि हुन पाउँदा आफुलाई अझै थप हौसाला आउनुको साथैं मुल्याकंन गर्ने मन्त्रालयको टिमलाई पनि धन्यावाद दिएकी छन् ।’


ताजा समाचार

spot_img