कञ्चनपुर: उपचार गर्न अस्पताल आएकी कञ्चनपुरकी एक बृद्ध हराएकी छिन । भीमदत्त नगरपालिका ३ तिलकपुरकी ७० बर्षिया पार्वती देवी विष्ट हराएकी हुन । आइतबार उनलाई उपचारका लागि महेन्द्रनगरको नागार्जुन अस्पतालमा ल्याईएको थियो ।

बृद्धका छोरा धन बहादुर विष्टले बिरामी भएपछि रगत चेकजाँचका लागि अस्पताल ल्याएको र रिर्पोट आउँदासम्म हराएको बताए । ‘हामीले रगत तानेपछि श्रीमतीको दाँतको उपचारका लागि अर्को अस्पताल गए फर्किदासम्म आमा त्यहाँ थिएनन, ‘उनले भने, ‘केही घण्टा हामीले बजारमै खोजे तर नपाएपछि प्रहरीमा उजुुरी दिए ।’

विष्ट परिवारले कहिकतै देखिए नजिकैको प्रहरी वा ९८६८४५२४८७ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन । कञ्चनपुर प्रहरीले बृद्धको खोजिकार्य भईरहेको जनाएको छ ।







