कृष्णपुर प्रथम वडाध्यक्ष कप: प्रतियोगिताको समापन संगै भोलि फाइनल 

कृष्णपुर नगरपालिका वडा नं. ०९ र आयोजक टिम रातो उपाधिका लागि भिड्ने


कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको भोलि फाइन खेल हुने छ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु, औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन प्रतियोगिताको समापन संगै फाइनल खेल भोलि हुने आयोजकले बताएको छ।

फाइनलमा कृष्णपुर नगरपालिका वडा नं.९ र आयोजक टिम रातो कृष्णपुर नगरपालिका वडा नं.२ भोलि शुक्रबार दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत आकर्षण पुरस्कार हात पर्ने छन् ।प्रतियोगिता मंसिर ३० गते देखि संचालन भएको थियो। प्रतियोगितामा कृष्णपुर नगरपालिका का ९ वडाकै १० टिम र छिमेकी पालिकाका बाट ४ टिम गरेर १४ टिमको सहभागिता रहेको थियो।


ताजा समाचार

spot_img