कृष्णपुर प्रथम वडाध्यक्ष कप: सेमिफाइनलका खेल सम्पन्न

कृष्णपुर नगरपालिका वडा नं. ०९ र आयोजक रातो कृष्णपुर नगरपालिका वडा नं.२ फाइनल प्रवेश


कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको पाचौं दिन आज बुधबार सेमिफाइनलका खेल सम्पन्न भएका छन् ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन
प्रतियोगिताको पाचौं दिन बुधबार सेमिफाइनलका खेल सम्पन्न भएका आयोजकले बताएको छ।

सेमिफाइनलको पहिलो खेल समूह “ए” अन्तर्गत कृष्णपु नगरपालिका वडा नं.०९ र लालझाडी गाउँपालिका वडा नं.०५ बिच प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुबै टिमले गर्न नसक्दा खेल ट्राइबेकरमा पुगेको थियो। जसमा ३-१ गोलको अन्तरले लालझाडी गाउँपालिका वडा नं.५ लाई हराउदै कृष्णपुर नगरपालिका वडा नं.०९ जितका साथ फाइनल प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनल खेल समुह “बि” अन्तर्गत कृष्णपुर नगरपालिका वडा नं.०३ र आयोजक रातो कृष्णपुर नगरपालिका वडा नं.२ बिच भएको खेलमा ६-१ गोल अन्तरले कृष्णपुर नगरपालिका वडा नं.३ लाई हराउदै आयोजक टिम रातो प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। उक्त खेलमा ह्याटि्रक संगै ३ गोल गर्दै ज्ञानेन्द्र जोशी म्यान अफ दि म्याच घोषित भएका छन् । उनले आकर्षक ट्रफी हात पारेको छ।

प्रतियोगिताको फाइनलमा कृष्णपुर नगरपालिका वडा नं.९ र आयोजक टिम रातो कृष्णपुर नगरपालिका वडा नं.२ शुक्रबार उपाधिको लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते दिउँसो १ बजे हुने छ।

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगिता मंसिर ३० गते देखि संचालन भएको थियो। प्रतियोगितामा कृष्णपुर नगरपालिका का ९ वडाकै १० टिम र छिमेकी पालिकाका बाट ४ टिम गरेर १४ टिमको सहभागिता रहेको आयोजकले बताएको छ ।


ताजा समाचार

spot_img