छाडा पशु चौपायाले हैरान गरेको भन्दै किसान भीमदत्त नगर बिरुद्धमा आन्दोलित

कञ्चनपुर : छाडा पशु चौपायाले हैरान गरेको भन्दै कञ्चनपुरको भीमदत्त नगरका स्थानीय किसान आन्दोलित भएका छन । भीमदत्त नगरपालिका विभिन्न वडा क्षेत्रका स्थाननीय किसान पालिका सरकार बिरुद्ध आन्दोलित भएका हुन । मंगलबार भीनपा १६ सहितका विभिन्न वडाका स्थानीय किसानहरुले सयौँ पशु चौपाया नगरपालिका ल्याएर आन्दोलन गरेका थिए । सडकदेखि खेतबारीसम्म छाडा पशु चौपायाले हैरानी गरेको भन्दै किसान आन्दोलित भएका छन ।

स्थानीय किसान पदमा खडकाले चुनावका बेला छाडा पशु चौपाया नियन्त्रण व्यवस्थापन गछौँ भन्दै प्रतिबद्धता जाहेर गर्ने तर व्यवस्थापनका चासो नै नदिएछी बाध्य भएर पशु चौपाया नगरपालिका ल्याएको बताईन । अर्की स्थानीय रमा लुहारले समान्य पशु चौपाया व्यवस्थापन गर्न नसक्ने जनप्रतिनिधीबाट अरु के आस गर्न सकिने दुखेसो पोखिन । उनीहरुले पहिलो चरणमा पालिका गेटमा पशु चौपाया ल्याए आन्दोलन गरेको भावि दिनमा थप आन्दोलन चर्काउने चेतावनी दिएका छन ।
भीमदत्त नगरपालिकाले यस अघि बागफाँटा र ब्रम्हदेबमा खोर बनाएको थियो ।

लाखौँ रकम खर्चिएर बनाएको बागफाँटाको खोर रित्तै छ, भने ब्रम्हदेबमा केही पशु चौपाया छन । भीमदत्त नगरपालिका मेयर बोगटीका सचिवालयका अनुसार छाडा पशु चौपाया व्यवस्थापनका लागि थुप्रै प्रयास भएको र प्रयास जारी रहेको जनाईएको छ ।

ताजा समाचार

spot_img