कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको तेस्रो दिन तीन खेल हुने छन् ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन
प्रतियोगिताको तेस्रो दिन सोमबार आज तीन खेल हुने आयोजकले बताएको छ।

जसमा पहिलो खेल कृष्णपुर नगरपालिका वडा नं. ०५ र कृष्णपुर वडा नं.०३ बिच बिहान १:३० बजे, दोस्रो खेल शुक्लाफाँटा नगरपालिका वडा नं.०९ र लालझाडी गाउँपालिका वडा नं.०२ बिच दिउँसो १:०० बजे र उक्त दिनको अन्तिम अर्थात तेस्रो खेल कृष्णपुर नगरपालिका वडा नं.०६ र लालझाडी गाउँपालिका वडा नं.०५ बिच दिउँसो २:३० बजे प्रतिस्पर्धात्मक खेल हुने छन् ।

प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम को सहभागि रहेको आयोजकले बताएको छ । खेल नक आउट आधारमा खेलाइने र प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगिता मंसिर ३० देखि पुस ६ गते सम्म संचालन हुने छ। भने प्रतियोगिताको फाइनल खेल पुस ६ गते दिउँसो १ बजे हुने छ।
यस्तो छ खेलतालिका:
