राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको ५ औं साधारणसभा भब्यताका साथ सम्पन्न

साधारणसभा बाट सचिब पदमा नरदिप धामी र सहसचिवमा निर्मला बिष्ट चयन


कञ्चनपुर: धनगढी उपमहानगरपालिका एलएन चोक कृष्ण मन्दिरको धर्मशालामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको ५ औं साधारणसभा भब्यताका साथ सम्पन्न भएको छ।

शनिबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदको सभापतित्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशका कानुन उप-सचिब विश्वदिप बेर्सा को प्रमुख आतिथ्यतामा महासंघको ५ औं साधारणसभा एक कार्यक्रमका साथ सम्पन्न भएको हो।

साधारणसभामा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवाली, युएनडिपी सुदूरपश्चिम प्रदेश प्रमुख बैजयन्ती गिरि र अपाङ्गता अधिकार कर्मिको उपस्थितिमा साधारणसभा सम्पन्न भएको आयोजकले बताएको छ।

आयोजकका अनुसार, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको ५ औं साधारणसभा बाट महासंघमा रिक्त रहेका सचिव र सहसचिव पदको समेत जिम्मेवारी दिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको सचिवमा अपाङ्ता संगठन नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका नरदिप धामी र बौद्धिक अभिभावक संघ कैलालीकि अध्यक्ष समेत रहनु भएकी निर्मला बिष्ट लाई सहसचिव पदको जिम्मेवारी दिएको छ।

साधारणसभामा आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन साधारणसभा बाट पारित गरिएको छ।


ताजा समाचार

spot_img