कृष्णपुरमा वडाध्यक्ष फुटबल प्रतियोगिता भोलि देखि सुरु

सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री झपड बहादुर साउदले गर्नेछन्  प्रतियोगिताको उद्घाटन


कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा वडाध्यक्ष फुटबल प्रतियोगिता हुने भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता हुने भएको हो ।

‘हाम्रो गोल,लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा आयोजना हुन लागेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कृष्णपुर नगरपालिका २ नम्बर वडाले जनाएको छ ।

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउँदले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका साथै लागु औषध दुव्र्यसनीमा लिप्त नहिनका लागी युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणमा जुटाईने बताए ।

‘हाम्रो मुल उदेश्य ग्रामिण भेगका युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणका साथै खेलकुद विकास गर्ने हो, ‘उनले भने, ‘किशोर युवाहरुलाई खेलप्रति उत्साहित गर्नुपनि हो ।’ उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १६ टिम सहभागिता रहने छन्।

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र पुरस्कार रहेको छ। भोलि सनिवार दिउँसो १२ बजे सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री झपड बहादुर साउदले उद्घाटन गर्ने कार्यक्तममा कृष्णपुरका जनप्रतिनिधी, सहितको सहभागिता रहनेछ। यसरी वडा कार्यालयबाटै ग्रामिण भेगका किशोर, युवाहरुलाई लक्षित गरि खेलकुद क्षेत्रमा जोडने काम गरेपछि स्थानीयखेलप्रेमी हर्षित भएका छन ।


ताजा समाचार

spot_img