निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको खैरेनी अन्तरगत १४ औ ईकाई बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर : निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले भाषी ईकाई बार्षिक साधारण सभाका संस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकको सभापतित्व तथा वडा नं. २ का वडा अध्यक्ष उत्तम भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सहकारी संस्थाले विगतका बर्षहरुदेखि क्षेत्रगतरुपमा सधारण सभा गर्दै आईरहेकोले वेदकोट नगरपालिका सिसैया, लालपुर सुडा, , गौजि क्षेत्र, भीमदत्त नगरपालिकाको भाषी, राजिपुर,महुलिया, बागफटा क्षेत्रका सदस्यहरुका लागि भाषी केन्द्र अन्र्तगत रहेको हुदा“ १४औं ईकाइ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त समारोहमा बिशिष्ट अतिथिको रुपमा आर्दश नगर खानेपानी संस्थाका अध्यक्ष लिलाध्वज बस्नेत, कञ्चनपुर उद्योग बाणिज्य संघका महासचिव खगेश्वर प्रसाद बोहरा, आर्दश नेपालका अध्यक्ष गणेश बोहरा रहनु भएको थियो भने अतिथिको रुपमा महिला अधिकारकर्मी शारदा बोहरा, आनन्द टोल विकास समिति अध्यक्ष श्री सिता मल्ल लगायतले अतिथिको रुपमा शुभ कामना मन्तव्य राखेका थिए ।

भाषी केन्द्रका नि. सहायक प्रबन्ध लिला भट्ट जोशीले संचालन गरेको समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी संचालक भावना के.सी.ले गर्नु भएको थियो भने आर्थिक विवरण तथा लेखा समिति प्रतिवेदन लेखा समितिका सदस्य चक्र बहादुर चन्दले गर्नु भएको थियो । ईकाईगत साधारण सभामा भाषी केन्द्र अन्र्तगत आर्थिक कारोबार गर्ने दुई महिला दुई पुरुष गरि तिन वटा विधा उतकृष्ट बचत, उत्कृष्ट बाल बचत तथा उतकृष्ट कारोबारी ( ऋण उपभोक्त) लाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

ताजा समाचार

spot_img