ग्रामिण भेगमा मानव बेचबिखन रोकथामका लागि माईती नेपालको अनुशिक्षण


दोधारा । मानव बेचबिखन रोकथाम तथा मानव अधिकार क्षेत्रका कार्यरत माइती नेपाल कञ्चनपुरले हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा दोधारा चाँदनी नगरपालिका क्षेत्रको ग्रामिण भेगका किशोरीहरुलाई कानुनी अनुशिक्षण सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका.– ९ स्थित अम्बिका माध्यमिक बिद्यालयको सभा कक्षमा भारत संग जोडिएका बस्तीमा बसोबास गर्ने २६ जना किशोरीहरुलाई कानुनी अनुशिक्षण संचालन गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाका नेपाल–भारत सिमा संग जोडिएका कुतियाकवर बस्ती, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज आसपासका बस्तीमा बसोबास गर्ने १४ वर्ष देखि १८ वर्ष मुनीका किशोरीहरुलाई कानुनी अनुशिक्षण सम्पन्न गरेको माईती कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

‘पछिल्लो समयमा मानव बेचबिखनको भयावह स्वरुप देखापरेको छ् । त्यसमा पनि दलालहरुले गरिब र पिछडिएको समुदायका महिलालाई बढी निशाना गरिएको पाईएको हुदा बिपन्न र नेपाल–भारत सिमा बस्ती संग जोडिएका बस्तीमा बसोबास गर्ने जोखिममा रहेका किशोरीहरुलाई सम्भाव्य जोखिम बाट बचाउन बेलैमा जागरुक गराउनु पर्ने अति आवश्यक रहेको हुदा अनुशिक्षण गरिएको छ्’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने । यस अघि पनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार रोक्न बिभिन्न थुप्रै कार्यक्रमहरु संचालन गर्दै आएको छ् । अनुशिक्षणमा सहभागी एक सहभागी किशोरी रेजिना सुनारले तालिममा कसरी बेचबिखन हुन्छ ? कसरी दलालहरुले प्रलोभन देखाउछन्, यसको कानुनी पाटो के हो भन्ने आफुले नथाहा पाएको कुरा सिक्न पाएकोमा माईती नेपाललाई बिशेष धन्यबाद दिदै माईती नेपालले संचालन गर्दै आएको सबै जसो कार्यक्रममा सहभागी गराउन समेत माईती नेपाल कञ्चनपुरका टोलीलाई किशोरी रेजिना सुनारले आग्रह गरेका छन् ।

मानव बेच–बिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अङ्ग भिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको कार्यक्रममा सहभागीलाई जानकारी गराईएको छ् । भारत संग नेपालको खुल्ला सिमाना, गरिब बस्तीमा एक छाक टार्नको अभाव, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढदो राजनीतीक अस्थिरता आदिका कारणहरुले गर्दा बाबु आमा संरक्षक नभएका र जोखिममा परेका किशोरी, बालबालिकाहरु बेच–बिखन हुने गरेको अनुशिक्षणमा बताईएको छ् ।

अनुशिक्षण निकै लाभप्रद रहेको सहभागी किशोरीहरुले कार्यक्रममा बताएका छन् । रोजगारीको लागी जहान परिवार सहित भारत जाने र किशोरीहरु बेचबिखनको उच्च जोखिममा पर्न सक्ने सम्भावना रहेको भन्दै माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको नेपाल–भारत सिमा बस्तीका जोखिममा पर्नसक्ने किशोरीहरुलाई बिगतका दिनहरुमा समेत अनुशिक्षण गर्दै आएको भन्दै दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य तथा दोधारा चाँदनी नगरपालिका न्यायपालिका सदस्य कमला उपाध्यायले माईती नेपाल कञ्चनपुका संयोजक तथा टोलीलाई बिशेष धन्यबाद दिएका छन् ।

हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत किशोरीहरुलाई कानुनी अनुशिक्षणमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य तथा न्यायिक समिति सदस्य कमला उपाध्याय, अधिकारकर्मी माया देबी पुन, अम्बिका माध्यमिक बिद्यालयका प्रअ दिल बहादुर सिंह लगाएत किशोरीहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img