बिरेन्द्र बाग /बझाङ : बुङ्गल नगरपालिका वडा न १० डौड बरम बस्ने गोरख बागकी धर्मपत्नी अन्दाजी २३ बर्षिय सीता बागको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।
शनिबार बिहान करिब ९ बजे घर नजिकै बरमधार घाँस काट्ने क्रममा भिरबाट करिव २० मिटर तल खस्नु भएको थियो। उपचारका लागि धनगढी लैजादै गर्दा बझाङ र बैतडीको सिमाना नजिकै उहाँको मृत्यु भएको छ ।
उहाँको ३ बर्षिय ममता र ५ महिने प्रतीक्षा दुईवटा छोरी छन् । ग्रामीण भेगमा दिन प्रतिदिन भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या बड्दो रहेछ ।