कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरका सीमावर्ती वडाका जनप्रतिनिधीसंग छलफल गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३५गण हेक्वा शैलेश्वरीले जिल्लाका सीमावर्ती वडाका जनप्रतिनिधीसंग छलफल गरेको हो । शुक्रबार शैलेश्वरी गणकै सभाहलका जिल्ला स्थित पाँच पालिका सीमावर्ती वडाका जनप्रतिनिधीसंग सीमा समस्या विवित विषष्मा छलफल गरेको जनाईएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले सीमावर्ती वडाका वडाध्यहरुसंग सीमा क्षेत्रमा विवित विषयमा छलफल गरिएको बताए । ‘सीमा क्षेत्रमा आउने विवित समस्या बारे सम्बन्धीत वडाका अध्यक्ष ज्यूहरुसंग छलफल गरेर समान बुझाई गराउने हो, ‘उनले भने, ‘सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अवधारणा अनुरुप सीमा सहजकीरकण समितिका अध्यक्षसग छलफल गरेका छौँ ।’

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक चन्द्रसिह महराले सीमाबासीसंग सशस्त्र प्रहरीको उपदेयता, सीमा सुरक्षामा सशस्त्र पैहरी बल नेपालको भूमिका, कार्बाही, सीमावर्ती अपराध, उद्दार कार्य र सीमा सहजिकरण समिति सम्बन्धीत कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक त्रय भीम बहादुर चन्द, सुदन आचार्य र भरत बहादुर कुँवरले आ–आफ्नो कार्यक्षेत्र भित्र रहेका सीमा समस्या विषयमा जनप्रतिनिधीको जिज्ञासा बारे स्पष्ट पारेका थिए । जिल्लाका सीमावर्ती वडाध्यक्षहरुले सशस्त्र प्रहरीले सीमा सुरक्षा एव सीमा क्षेत्रमा हुने सबै प्रकृतिका अपराध न्यूनिकरणका लागि प्रभावकारी कार्यक्रम संचालनमा जोडदिएका छन ।

भीमदत्त नगरपालिका ११का वडायक्ष प्रकास थापाले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका साथै सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने हस्तक्षेप रोकथाम, चोरी तस्करी नियन्त्रणका प्रभावकारी भूमिकामा जोडदिए । पुनर्वास नगरपालिका ९का वडाध्यक्ष नर बहादुर विकले सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने हस्तक्षेप नियन्त्रणमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिमा जोडदिए । सशस्त्र प्रहरीले सीमा क्षेत्रका वडाध्यक्ष(जनप्रतिनिधी)हरुसंग यसरी सीमा समस्या विषयमा पहिलो पटक प्रत्यक्ष सामुहिक सम्बाद गरेको छ ।







