कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित ईन्टरनेशनल पब्लिक स्कुललाई सम्मान गरिएको छ ।भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिक स्कुललाई सम्मान गरिएको हो । बिहीबार आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले विद्यालयलाई सम्मान गरेको जनाएको छ ।

शिक्षा क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेको इन्टरनेशन पब्लिक स्कुललाई १२ औँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले सम्मान गरेको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत गोलि प्रशाद शर्मा, निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले हस्ताक्षर गरेको सम्मान पत्रमा शिक्षा क्षेत्रबाट सबैभन्दा बढि आयकर दाखिला गर्ने भन्दै सम्मान गरिएको छ ।

ईन्टरनेशनल पब्लिक स्कुल सहितका विभिन्न क्षेत्रका कर दाताहरुलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ ।







