कञ्चनपुर : मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि नेपाल–भारतका सरोकारवाला एकमत भएका छन । आफन्त नेपालले बिहीबार महेन्द्रनगरमा आयोजना गरेको ‘मानव बेचबिखन नियन्त्रणका लागि सीमानाका सरोकारवालासग गरिएको अन्तरकृया कार्यक्रममा’ दुवै देशका सरकारी अधिकारी तथा सरोकारवालाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा एकमत देखिएका हुन । दुवै देशका सरकारी तथा सरोकरावाला अधिकारीले समन्वय, सहकार्य अनुरुप मानव बेचबिखन रोकथाम पूर्ण प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन । नेपाल तथा भारतका विभिन्न स्थानबाट बालबालिका, महिला एव किशोरी किशोरी आफन्तबाट श्रमशोषणदेखि बेचबिखनको शिकार भईरहेको भन्दै रोकथामका लागि विद्यमान कानुन कार्यान्वयनका लागि सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मी सहितका सरोकारवाला निकाय चनाखो हुनुपर्नेमा छलफल गरेका छन ।

आफन्त नेपालका कार्यक्तम अधिकृत बीर बहादुर नेपालीले पछिल्ला दिनहरुमा मानव बेचबिखन तथा ओसारपसारका घटना बढिरहेका बेला सीमा क्षेत्रमा कार्यरत दुबै देशका सुरक्षाकर्मी सहित सरोकारवालाको भूमिका हुने भएकाले संयुक्त छलफल गरिएको बताए । ‘यो समस्या एक देशको मात्रै नभई दुई र अन्र्तराष्ट्रिय समस्या हो, ‘उनले भने, ‘समानका लागि एक पक्षले मात्रै पहल गर्दा समेत हुँदैन सबै पक्ष अग्रसर हुनुपर्छ ।’ रिड्स संस्था बनबासाका प्रतिनिधी प्रकास चन्दले मानव बेचबिखन रोकथाका लागि दुवै देशका सीमावर्ती क्षेत्रमा कार्यरत अधिकारी, सरोकारवालाविच समन्वय सहकार्य आवश्यक रहेको औल्याए । उनले यस्ता समस्या आउने वित्तिकै सीमावर्ती दुवै देशका अधिकारी सहित सरोकारवालाविच सहकार्य आवश्यक रहेको औल्याए । आफन्त नेपाल कञ्चनपुर शाखा प्रमुख सिद्ध विश्वकर्माले नेपाल भारत कञ्चनपुर समेत खुला सीमा नाका भएकाले ओसारपसार नियन्त्रणमा चुनौती रहेको बताए । ‘खुला बडर छ, कहाँबाट जसरी पनि वारपार गर्छन, ‘उनले भने, ‘यो निकै चुनौतीको विषय बनेको छ ।’ उनका अनुसार निकट व्यक्तिबाटै मानिस बेचबिखनको शिकार भईरहेकाले पहिचानमा समस्या भईरहेको छ । भारतीय अधिकारकर्मी सोनी थापाले दुवै देशका पीडितको समस्या पहिचानका लागि समन्वय सहकार्य गरेर न्याय दिलाउनुपर्नेमा जोडदिईन । एटबिनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङ्गले मानव बेचबिखन नेपाल, भारत मात्रै नभई अन्र्तराष्ट्रिय समस्या भएकाले सबै सरोकारवालाले सीमा क्षेत्रमा एक स्थायी संयन्त्रण बनाएर रोकथाममा जोडदिईन । आफन्त नेपालका अध्यक्ष मोहन चम्लागाईले सीमावर्ती जिल्लाका सरोकारावालासंग छलफल, अनुभव बारे अन्तरकृया गरेर भावि दिनमा रोकथामका कार्यक्रम प्रभावकारी बनाईने बताए ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख एसपी प्रेम बहादुर रावलले सशस्त्र प्रहरीले मानव बेचबिखन एव ओसारपसार नियन्त्रणका लागि भारतीय सीमा सुरक्षा बल(एसएसबी)संगै समन्वय गरेर कामकाज गरिरहेको बताए । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मानव बेचबिखन रोकथामका लागि दुई देशका सरोकारवालाविच सुचना आदान प्रदान गरिनुपर्नेमा जोडदिए । संकटमा परेकाहरुको सीमा क्षेत्रमा सहजिकरण गरेर उद्दार गर्नुपर्ने जोडदिए । भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले मानव बेचबिखन एव ओसारपसार कार्य जघन्य अपराध भएकाले संलग्नमाथि कानुनी कार्बाहीमा जोडदिईन । उपप्रमुख जोशीले मानव बेचबिखन रोकथामका लागि पालिका सहितका सरकारी निकायबाट प्रर्बद्धनका कार्यक्रम संचालन गर्नुपर्नेमा बताउँदै भीमदत्त नगरपालिकाबाट समेत कार्यक्तम संचालन गरिने बताईन ।







