बडुवाल टोलमा जंगली हात्तीले घर भत्कायो, मानविय क्षतीको त्रास झनै बढ्यो


दोधारा । दोधारा चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले एक स्थानियको घर भत्काएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा गएराती जंगली हात्तीले बिरेन्द्र ओखेडाको घर भत्काएको छ् । मध्यरातमा भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीले ओखेडाको घर भत्काउन थालेपछि स्थानियबासी र सशस्त्र प्रहरीले हात्तीलाई धपाएका थिए । राती १ बजे बस्ती पसेको दुई हात्ती बिहान मात्र धपाउन सफल भएको स्थानियहरुले बताएका छन् ।

हात्तीले बिरेन्द्र ओखेडाको घरमा भएको खाद्यान्न, लत्ताकपडा तथा जस्तापातामा क्षती पुर्‍याएको छ् । बिगत लामो समय देखि बडुवाल टोलमा जंगली हात्तीको बथानले आतंक मच्चाउदै आएपनि समस्या हल गर्नमा सरकार गम्भिर नभएको स्थानियहरुको गुनासो छ् ।

जंगली हात्तीले घर भत्काउन थाले संगै मानविय क्षतीको त्रास बढेर गएको स्थानियहरुले बताएका छन् ।


ताजा समाचार

spot_img