“नागरिक समाजका प्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न”

महेन्द्रनगर : नागरिक समाजका प्रतिनिधिहरुलाई ३ दिने प्रशिक्षण कार्यक्रम बिहिबार महेन्द्रनगरमा सम्पन्न भएको छ । आफन्त नेपालको आयोजनामा मानव बेचबिखन बिरुद्ध कार्य गरीरहेका नागरिक संघसंस्थाका प्रतिनिधिहरुलाई ‘मानव बेचबिखनमा ‘रोकथाम, अवरोध, फिर्ती, पुनर्मिलन, पुनःएकिकरण र परामर्श सम्वन्धी प्रशिक्षण तालिम’ प्रदान गरिएको हो ।
युनिसेफको सहयोगमा एटविन संगको सहकार्यमा आफन्त नेपाल द्धारा सञ्चालित “बालश्रम शोषण रोकथामः स्थानगमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण” परियोजना अन्तरगत आयोजना गरिएको प्रशिक्षण तालिममा भिमदत्त, कृष्णपुर र गोदावरी नगरपालिकाका सिमा तथा समुदायमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कार्यरत सामाजिक संघ संस्था, नागरिक समाजका कर्मचारीहरू, समाजसेवीहरू तथा सामाजिक कार्यकर्ताहरू गरी ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

होटल ओपेरामा ३ दिन सम्म सञ्चालित तालिममा स्थानगमन र मानव बेचबिखनमा हुुने श्रम शोषण सम्बन्धी मुद्दाहरुको अवधारणागत स्पष्टता, बालश्रम, सुरक्षित स्थानगमन, लैङ्गिक हिंसा, मानव बेचबिखन के हो ? कुन कुन उद्देश्यकालागि गरिन्छ ? बालश्रम तथा मानव बेचबिखनको अवस्था र मानव बेचबिखनसंग बालश्रम, असुरक्षित स्थानागमन तथा लैङ्गिक हिंसाको अन्तर सम्बन्ध के छ ? आदी बारे एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङ्गले सहजीकरण गर्नु भएको थियो ।
मानव बेचबिखन तथा बालश्रम शोषण अन्त्य सम्बन्धी कानूनी प्रावधानहरू, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को परीभाषा, पीडितको अधिकार, उजुरी प्रकृया, सजायको व्यवस्था, मानव बेचबिखन र बालश्रम रोकथाम, अवरोध, फिर्ती, पुनर्मिलन, पुनःएकीकरणको अवस्था, प्रभावकारी व्यवस्थापन र सरोकारवालाको भुमिका तथा पीडित÷प्रभावितको गोपनीयता तथा तथ्याङ्क संरक्षण र बालश्रम, निषेध तथा नियमित गर्ने ऐन, २०५६ को परीभाषा, पीडितको अधिकार, उजुरी प्रकृया, सजायको व्यवस्था र मानव बेचबिखन तथा बालश्रम विरुद्धका स्थानिय, प्रादेशिक र राष्ट्रिय सयन्त्रहरुको बारेमा अधिबक्ता गणेश बहादुर कडायतले सहजीकरण गर्नु भएको थियो ।

त्यसैगरी मनोसामाजिक शुस्वास्थ्य, मनोसामाजिक समस्या, समस्याको कारण, समस्या पहिचान, मानव बेचबिखन पिडित तथा प्रभावितलाई मनोसामाजिक सहयोग तथा सुृचना संकलन र परामर्श गर्दा ध्यानदिनुपर्ने कुराहरु र मनोसामाजिक समस्याका ४ पक्षिय असर र त्यसका लक्षणहरुको बारेमा मनोबिमर्शकर्ता पुर्ण बहादुर सिंह क्षेत्रीले सहजीकरण गर्नु भएको थियो । भिमदत्त, कृष्णपुर र गोेदावरी नगरपालिकामा मानव बेचबिखन, बालश्रम तथा स्थानागमनको अवस्था र न्युनिकरणकालागि कार्यरत संघसंस्थाहरुको बिश्लेषण र मानवबेचबिखन न्यूनीकरणमा देखिएका चुनौती र समाधानका उपायहरूको बारेमा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले सहजीकरण गरेका थिए ।
मानव बेचबिखन बिरुद्ध सिमा तथा समुदायमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कार्यरत सामाजिक संघ संस्था, नागरिक समाजका कर्मचारीहरू, समाजसेवीहरू तथा सामाजिक कार्यकर्ताहरूलार्ई स्थानगमन र मानव बेचबिखनमा हुुने श्रम शोषण सम्बन्धी मुद्दाहरुको अवधारणागत स्पष्टता प्रदान गर्ने र मानव बेचबिखनमा रोकथाम, अवरोध, फिर्ता, पुर्नमिलन, पुनःएकीकरण, परामर्श लगायतका बिषयहरुमा सहभागिहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए । सहभागिले बालश्रम, सुरक्षित स्थानागमन, लैङ्गिक हिंसा, मानव बेचबिखन, बालश्रम तथा मानव बेचबिखन साथै रोकथाम, अवरोध, फिर्ता, पुनर्मिलन, पुनःएकीकरण, परामर्श र पीडित, प्रभावितको गोपनीयता तथा तथ्याङ्क संरक्षण सम्बन्धी आवश्यक प्राबिधिक ज्ञान र सिप प्राप्त गर्नेछन् र उक्त सिपहरू आफ्नो कार्य सम्पादनको दौरानमा प्रयोग गर्दै निगरानी गर्ने छन र , स्थानागमन तथा श्रम शोषण सम्बन्धी मुद्दाहरूमा थप सम्बेदनशील हुनेछन् भन्ने बिश्वास संस्थाले लिएको छ ।

ताजा समाचार