बडुवाल टोलमा मानव र वन्यजन्तु बिच द्वन्द्व अझै पिडादायी बन्दै

दोधारा । छिप्पिदो रात । हातमा टर्चलाइट र लौरो लिएर घरवरीपरी घुम्छन् दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका मोहन सुनार । खुट्टामा गमबुट । साँझको खाना खाने बित्तिकै उनलाई हतार हुन्छ, घर नजिक हात्ती आउछ कि भनेर । उनको घर नजिकै रहेको चम्फा सार्कीको जंगली हात्तीले घर भत्काएर खाद्यान्न, लत्ताकपडा तथा भाडाकुडा नष्ट गरेपछि उनि र उनका घरपरिवार आक्रमणको डर निकै त्रसित बनेका छन् । उनि रातीको समयमा सानो आवाज सुन्यो कि होहल्ला गर्न थाल्छन् । उनको रात यसरी नै कट्छ, अचेल पनि । घर नजिक भारतिय जंगलमा वन्यजन्तुको आवाजले उनि मात्रै हैन, भारत संग जोडिएको ८३ घरधुरी राती बस्तीमा पस्ने हात्तीको आतंकबाट त्रसित बन्दै आएका छन् ।

एक सातामा चम्फा सार्की, दिपक औजी, अमर मगर र रने सार्की, सुरज सुनार, लिला मगरको घर तथा भान्सा हात्तीले भत्काए संगै टोलबासी त्रसित छन् । कतिबेला घरमा आएर हात्तीले आक्रमण गर्छ भन्ने त्रास बस्तीभरी छाएको छ् । भारत संग जोडिएका नगरपालिका मध्यवर्ती क्षेत्रका बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रासमा कमि आएको छैन् । उनिहरुको दैनिकी रातीको समयमा हात्ती धपाउनैमा बित्छ् । भारत संग जोडिएका सिमा बस्तीहरुमा केही मानिस माथी आक्रमण गर्ने हात्ती घुम्दै आएका खबरले झनै त्रसित बन्न पुगेका छन् ।

आफ्नै आँखा अगाडी हात्तीको ताण्डव देखेको कारण शरिरनै झिसिङ्ग हुने गरेको अर्का स्थानियबासी महाविर क्षेत्री बताउछन् । ‘जंगली जनावर नियन्त्रणका लागि बिद्युतिय तारबार गर्ने कार्य सरोकारवाला तदारुकता देखाएकै छैन्’ महाविर क्षेत्रीले भने– ‘बस्तीमा सरकारको चरम लापरवाहीको कारण स्थानियहरु रातीको समयमा ज्यान बचाउन भाग्नु पर्ने अवस्था छ् ।’ बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको गुनासो छ । नगर क्षेत्रमा बिगत लामो समय देखि मानव र वन्यजन्तुबीच पिडादायिक द्धन्द्ध जारी छ् । बिगतमा यो क्षेत्रलाई नेपाल सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दालाई बन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट खासै लाभ नपुगेको पीडितको भनाई छ् ।

२०५५ साल तिर नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने यहाँका स्थानीयको आशाबादी थिए । बन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गाँउ खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । मध्यवर्ती क्षेत्र घोषणा गरेको झण्डै तिन दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दो छ् । स्थानीयबासीको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुखी छन् ।

स्थानीयहरु भन्छन् ‘जंगली हात्तीको आक्रमणको त्रास बढ्दो छ्’ स्थानियहरुको अन्नवाली, घर भत्काउदा समेत सरकार पक्षले राहत समेत नदिएको उनिहरुको पिडा छ् । उनिहरुले बिगत लामो समय देखि नेपाल सरकारले जंगली हात्ती नियन्त्रणको लागी बिद्युतिय तारवार माँग गर्दै आएपनि सरकार पक्षबाट अझै सम्म कुनै प्रतिक्रिया आएको देखिन्न् ।

ताजा समाचार