बडुवाल टोलमा सुरक्षा ब्यवस्था अस्तब्यस्त, फेरि जंगली हात्तीले भान्सा भत्कायो


दोधारा । दोधारा चाँदनीको बडुवाल टोलमा हात्तीले फेरि एक स्थानियको भान्सा भत्काएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका स्थानिय लिला मगरको भान्सा घर भत्काएको हो । गएराती मध्यरातमा नजिककै रहेको भारतिय जंगलबाट बस्ती भित्रिएको २ वडा हात्तीले लिलाको कच्ची भान्सा घर भत्काएको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् । हात्तीले भान्सामा रहेको खाद्यान्न, भाडाकुडा तथा भान्सा घरलाई क्षतबिक्षत बनाएको लिलाले बताएका छन् । आफुहरु सुतेको अवस्थामा हात्तीले भान्सा घर भत्काउन थालेको लिलाले बताए ।

घरमै जंगली हात्ती आएर भान्सा भत्काउन थालेपछि लिलाको घरपरिवारमा भागाभाग भएको थियो । यस अघि दिपक औजी, अमर मगर र रने सार्कीको जंगली हात्तीले कच्ची घर भत्काएको थियो । जंगली हात्तीले बिगत लामो समय देखि बडुवाल टोलमा आतंक मच्चाउदै आएपनि सुरक्षा ब्यवस्था अस्तब्यस्त रहेको आएको स्थानियहरुको गुनासो बन्दै आएको छ् ।

हात्तीले मानविय क्षती गर्न सक्ने प्रवल सम्भावनालाई मध्यनजर राख्दै कच्ची घर भएका स्थानियहरु छिमेकीका पक्की घरमा रात बिताउदै आएको उनिहरुले बताएका छन् ।


ताजा समाचार

spot_img