बेलडाँडी फुटबल महोत्सव २०८०: भोलि देखि क्वाटरफाइनलका खेल सुरु


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका मा सञ्चालन रहेको बेलडाँडी फुटबल महोत्सव २०८० अन्तर्गत भोलि देखि क्वाटरफाइनलका खेल सुरु हुने भएका छन् ।विजया दशमी तथा शुभ दिपावलिको अवसरमा एकता युवा समाज बेलडाँडी द्वारा आयोजना गरेको बेलडाँडी फुटबल महोत्सव २०८० को क्वाटरफाइनलमा आठ टिमले पुगेका छन् । जसमा समुह “ए” अन्तर्गत एकता युवा समाज “ए” , बेलडाँडी गाउँपालिका, झिल्मिला युवा समाज “ए” र जय लक्ष्मी युवा क्लब र समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब, दिप ज्योती ,नेपाल पुलिस क्लब र झिल्मिला युवा समाज “सि” क्वाटरफाइनल पुग्न सफल भएका एकता युवा समाजका अध्यक्ष ललित गिरिले बताउनु भयो।उनका अनुसार , क्वाटरफाइनलको पहिलो खेल समूह “ए” अन्तर्गत भोलि कार्तिक २ गते शुक्रबार एकता युवा समाज “ए” र बेलडाँडी गाउँपालिका बिच बिहान ८ बजे , दोस्रो क्वाटरफाइनलको खेल समुह “बि” अन्तर्गत झिल्मिला युवा समाज “सि” र नेपाल पुलिस क्लब बिच बिहान १० बजे , तेस्रो क्वाटरफाइनल खेल समुह “बि” अन्तर्गत क्याम्प युवा क्लब र दिप ज्योति बिच दिउँसो १ बजे र चौथो अर्थात क्वाटरफाइनलको अन्त्तिम खेल समूह “ए” अन्तर्गत झिल्मिला युवा क्लब “ए” र जय लक्ष्मी युवा क्लब बीच दिउँसो ३ हजे रोमाञ्चक खेल हुने छन।प्रतियोगितामा विभिन्न क्लब संघसंस्थाका २२ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता असोज २८ गते एक कार्यक्रमका साथ उद्धघाटन भएको र उक्त प्रतियोगिताको समापन अर्थात फाइनल खेल कार्तिक ६ गते रौलेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ।


ताजा समाचार

spot_img