दोधारा । श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समिति दोधारा चाँदनीको प्रथम साधारण सभा सम्पन्न भएको छ् । श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समिति दोधारा चाँदनीका अध्यक्ष कृष्ण बहादुर बुढाथोकीको सभापतित्वमा संचालन भएको प्रथम साधारण सभाका प्रमुअ अतिथी दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार रहेका थिए भने, बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका पुर्व सभापती धन बहादुर शाही रहेका थिए । कार्यक्रम संचालन ब्यवसायी राजेश सुनारले संचालन गरेका थिए । कृष्ण चाँदनी बजार ब्यवस्थापन समिति दोधारा चाँदनीका सचिव यम बहादुर क्षेत्रीले गत वर्षको आर्थिक प्रतिबेदन तथा प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।


दोधारा चाँदनी नगरपालिकामा रहेको सबै ब्यवसायीहरु मिलेर उद्योग बाणिज्य संघ दोधारा चाँदनी बनाउनु पर्ने, चाँदनी बजारको फोहर ब्यवस्थापन, ढल निकासा लगाएत बजारका समस्या हल गर्न सम्बन्धीत निकायमा पहल गर्नु पर्ने बक्ताहरुले जोड दिएका थिए । जग्गा लिजमा लिएर कृष्ण चाँदनी बजारलाई ब्यवस्थित तथा आधुनिक बनाउन सरोकारवाला निकाया संग पहल गर्ने बजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बुढाथोकीले बताएका छन् ।

कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिले बिगतका दिनहरु देखि दोधारा चाँदनीमा सरकार संग भन्सार कार्यालयको माँग राख्दै आएको छ् ।







