जंगली हात्तीले दोधारा चाँदनीको बडुवाल टोलमा दुई घर भत्कायो


दोधारा । दोधारा चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले दुई घर भत्काएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा गएराती जंगली हात्तीले दिपक औजी र अमर मगरको जस्तापाताले छाएको घर भत्काएको छ् । मध्यरातमा भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीले दिपक औजीको घर भत्काउन थालेपछि स्थानियबासी र सशस्त्र प्रहरीले हात्तीलाई धपाएका थिए । केही समय नबित्दै हात्तीले दिपक औजीको घर देखि झण्डै १ किलोमिटर टाढा रहेको अमर मगरको भान्सा र घर भत्काएको थियो । मगरको घरमा पनि स्थानियबासी तथा सशस्त्र प्रहरीले हो–हल्ला गरि हात्तीलाई जंगल तिर धपाएका थिए । दिपक औजी र अमर मगरको घरको छाना, भित्ता र भान्सामा क्षती गरेको दोधारा चाँदनी नगररपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् ।

घर तथा भान्सामा रहेको खाद्यान्न तथा भाडाकुडामा क्षती भएको वडा सदस्य रानाले बताएका छन् । घरमा कोही नभएको अवस्थामा हात्तीले दिपक औजी र अमर मगरको घर भत्काएको बताईएको हो । खेतवारीमा अन्नवाली नभएको अवस्थामा हात्तीले घरमा रहेको खाद्यान्न खानको लागी घर भत्काउन थालेको स्थानियहरुको भनाई रहेको छ् । बस्तीमा रहेको सशस्त्र प्रहरी फोरवार्ड बेसका सई महेन्द्र रावलले स्थानियहरु संगै आफुहरु हात्ती धपाउन खटिदै आएका बताएका छन् ।

‘कहिले त बिहान सम्म स्थानियह संग मिलेर हात्ती धपाउनैमा ब्यस्त रहन्छौं’ सशस्त्र प्रहरी फोरवार्ड बेस बडुवाल टोल सई महेन्द्र रावलले भने । बिगत लामो समय देखि बडुवाल टोलमा जंगली हात्तीको बथानले आतंक मच्चाउदै आएपनि समस्या हल गर्नमा सरकार गम्भिर नभएको स्थानियहरुको गुनासो छ् ।

जंगली हात्तीले घर भत्काउन थाले संगै मानविय क्षतीको त्रास बढेर गएको स्थानियहरुले बताएका छन् ।

 


ताजा समाचार

spot_img