कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा लालझाडी युवा क्लब-११ को आयोजना हुने हुने आठौं लालझाडि कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८० को ट्रफी सार्वजनिक गरेको छ।
आठौ लालझाडी कप जिल्ला स्तरिय फुटवल प्रतियोगिता २०८० सम्बन्धि ट्रर्फी सार्वजनिक तथा पत्रकार सम्मेलन एक कार्यक्रम का बिच सम्पन्न भएको क्लबका अध्यक्ष कासिराम बोहराले बताउनु भयो।
उनका अनुसार , उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद का सदस्य सचिव दिपक बहादुर सिहले ट्रर्फी सार्वजनिक गर्नु भयको थियो । प्रतियोगिता २०८० कार्तिक १५ देखि २५ गते सम्म सञ्चालन हुने छ। प्रतियोगितामा प्रथम नगद पुरस्कार रु २ लाख ५० हजार र उपविजेता टिमले नगद पुरस्कार १ लाख २५ हजार पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रु २० हजार र बिविध बिधा तर्फ रु दस / दस हजार पुरस्कार र प्रत्येक म्याच को म्यान अफ द म्याच ले रु २५ सय पाउने छन्। भने टिम दर्ता शुल्क रु १० हजार रहेको छ। प्रतियोगितामा आयोजक सहित १६ टिमको सहभागिता रहनेछ।








