कञ्चनपुर : व्रिक्सटन उत्सव २०२३ सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ३ भासी स्थित रहेको ब्रिक्सटन कलेजले भव्यताका साथ ७ औं व्रिक्सटन उत्सव २०२३ सम्पन्न गरको हो ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्रिक्सटन कलेज कञ्चनपुरको उत्कृष्ट कलेज मध्ये एक हो । यहाँका विद्यार्थीले विविएमा देशभरीमा उत्कृष्ट अंक हासिल गर्न सफल भएका छन् । यहाँ विद्यार्थीलाई शैक्षिक वातावरणका साथै उनीहरुको चौतफी विकासको लागि समय समयमा विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । जसमध्ये प्रत्येक वर्ष मनाउने व्रिक्सटन उत्सव पनि एक हो । असोज २१ गते देखि असोज २७ गते सम्म भएको व्रिक्सटन उत्सव २०२३मा विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा भाग लिई सफलता हात पारेका छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । शनिबार भएको व्रिक्सटन उत्सव २०२३ समापन कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो । शनिबार भएको व्रिक्सटन उत्सव २०२३को कार्यक्रममा राष्ट्रिय प्रशिक्षक द्वय कबडी प्रशिक्षक विष्णु दत्त भट्ट र महिला भलिबल प्रशिक्षक जगदिश भट्टलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको छ ।

कार्यक्रममा कलेजको वार्षिक प्रतिवेदन प्रिन्सिपल निशा भट्टले प्रस्तुत गरेकी थिईन । बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल भट्टले आगामी दिनमा शैक्षिक गुणस्तरमा थप जोड दिने समेत बताइन् साथै ‘यस वर्षको उत्सवले दोहोरो आनन्द र उत्साह थपेको छ किनकि यस वर्ष ब्रिक्सटन कलेजले आफ्नो १५ औं वार्षिकोत्सव मनाउन गइरहेको छ।’
उक्त कार्यक्रममा कलेजका प्रबन्धक निर्देशक डा.भोजराज पन्तको सभापतित्व रहेको थियो । गेटा मेडिकल युनिभर्सिटीका निर्देशक प्रमोद जोशी प्रमुख अतिथी रहेका थिए ।







