दोधारा । दोधारा चाँदनी नगरपालिकामा रामलिला संचालनको लागी २ लाख रकम बिनियोजन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको हिजोको बैठकले दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माबिको प्रांगणमा संचालन हुने भनिएको आदर्श रामलिला नाट्य श्रंखला संचालनको लागी रु. २ लाख बिनियोजन गरेको दोधारा चाँदन िनगरपालिका कार्यालय श्रोतले जानकारी दिएको छ् । लक्ष्मी माबिको प्रांगणमा संचालनको लागी आदर्श रामलिला समितिले तयारी सुरु गरेको छ, । रामलिला संचालनको लागी कलाकारहरुलाई प्रशिक्षण लगाएतका काम सुरु गरिएको आदर्श रामलिला नाट्य श्रंखला दोधारा चाँदनीका निर्देशक शुशिल राना मगरले जानकारी दिएका छन् ।

बिगतका दिनहरुमा पनि लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने तयारीमा आदर्श रामलिला समिति जुटेको हो । आदर्श रामलिला समिति दोधारा चाँदनीले कामको जिम्मेवारी बाँडफाँड लगाएत कार्य समेत अघि बढाईने बताईएको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास समेत गरिएको छ् ।

रामलिला नाट्य श्रंखला संचालनको लागी केही दिन देखि कलाकारहरुले अभ्यास सुरु गर्दै आएका छन् । लोक संस्कृतीको संरक्षण संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबैको साथ र सहयोगको आदर्श रामलिला समितिले अपेक्षा राखेको छ् ।







