कञ्चनपुर :सुदूरपश्चिम प्रदेश(कैलाली–कञ्चनपुर)का पक्की पुलको मर्मत गरिदैछ । पुर्व पश्चिम महेन्द्रराजमार्ग र उत्तर दक्षिण महाकाली राजमार्ग अन्र्तरगत (कैलाली–कञ्चनपुर)का रहेका पक्की पुलको मर्मत गरिदैछ ।
०५४÷०५५ सालतिर निर्माण भएका पक्की पुलको हालसम्म पुर्ण मर्मत नहुँदा जिर्णेत्तर बन्दै गएपछि मर्मत गर्न लागिएको जनाईएको छ । पुल महाशाखा महाकाली पुल आयोजना मार्फत महेन्द्रराजमार्ग अन्तरगत १४ र महाकाली राजमार्ग अन्र्तरगत २ गरी १६ पुल मर्मत हुने छन ।
महाकाली पुल आयोजना कार्यालयका सव ईन्जिनियर दुर्गादत्त अवस्थीले शुरुमा निर्माण भएका पुल हालसम्म मुख्य मर्मत नहुँदा जिर्ण भई यातायात सेवा नै ठप्प हुने भएपछि मर्मत गर्न लागिएको बताए । सव ईन्जिनियर अवस्थीले हिमशरण निर्मांण सेवाले हजारु भ्याट,(पिए) सहित १६ करोड ६३ लाख, १८ रुपैया बजेट मर्मत हुनेछन ।
२२ असार ०८०मा सम्झौता भई २२ चैत्र ०८० मा ९ महिना भित्रै पुल मर्मत गरिसक्नुपर्ने सम्झौता भएको छ । सव ईन्जिनियर अवस्थीले पानीमा रहेका पिलर, ¥यालिङ्ग, पुलको भित्री तथा बाहिरी भाग कार्बन फाईबर, कार्बन लेमिनेट स्ट्रीप, एक्सटेन्सन रिप्लेशमेन्ट, ईक्सपान, ईपोक्स मोटार, ग्राउरिङ्ग सहितका सम्पूर्ण बिग्रीएको पुल मर्मत गरिन लागिएको बताए । ‘यस अघि पुल जोडिएको स्थानमा गाडी गुडाँउदा हल्लाउने पानी पुलभित्र पसेर जोखिम बढाएको थियो, ‘उनले भने, ‘अहिले पुलकै लेबलमा मर्मत गरिएको छ, पानी सिधै नदीमा बगाईएको छ ।’
उनले गोदाबरी र शुक्लाफाँटा नगरपालिकाले पुलमुल फालेको फोहोर व्यवस्थापन नगरिदिदा गोदाबरी र सुनबरा नदीमा निर्माण भएका पुल मर्मतमा समस्या आएको बताए । ‘दुवै पालिकालाई पत्राचार गर्दा समेत केही सहयोग गरेनन्, हामीलाई काम गर्न समस्या भएको छ, ‘उनले भने, ‘यस्तो विकास निर्माणको काममा पालिकाले समेत हालेमालो गरिदिनुपर्छ ।’ यसका साथै नेपाल टेलिकम र एनसेल फाईबर नेटको तारले समेत निर्माण कार्यमा समस्या उत्पन्न गराएको बताए । सव ईन्जिनियर अवस्थीले ०५६ अघि निर्माण भएका पुलको मुख्य मर्मत नभएको र समान्य मात्रै भएको अवस्थामा जोखिम बढाएकाले मर्मत गरिएको बताए । समयमै पुल मर्मत भएपछि यातायातको सम्बन्ध विच्छेद नहुने र जसका कारण यात्रुलाई सास्तीखेप्नु नपर्ने अपेक्षा गरिएको छ ।







