बेलडाँडी : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका मा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ।

बेलडाँडी वडा न.२ अवस्थित रहेको एकता युवा समाजले हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको पावन असरमा बेलडाँडी क्षेत्रकै सबै भन्दा ठुलो सर्वाधिक धनराशिको फुटबल महोत्सव २०८० आयोजनाका लागि मिति र पुरस्कार राशिको घोषणा गरिएको हो। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ विगतका बर्षहरु झै यस बर्ष पनि एकता युवा समाजले बेलडाँडी फुटवल महोत्सव २०८० लाई निरन्तरता दिन लागेको आयोजक एकता युवा समाजका सदस्य माधव उपाध्यायले बताउनु भयो।

उनका अनुसार, प्रतियोगिता सञ्चालन गर्ने मिति असोज २८ गते घोषणा गरेको छ भने टिम दर्ता असोज २२ देखि २७ गते दिउँसो २ बजे सम्म गर्नका लागि संघसंस्था,क्लब टिमलाई जानकारीका लागि सार्वजनिक सूचना समेत जारी गरेको छ, जसमा घटस्थापना असोज २८ गते आइतवार घटस्थापना का दिन रौलेश्वर मा.वि.को प्राङ्गणमा प्रतियोगिताको उदघाटन गरिने छ। प्रतियोगितामा सहभागि हुने टिमका लागि दर्ता शुल्क ६ हजार ९ सय ९९ तोकेको छ। टिम दर्ता गर्दा अग्रिम जम्मा शुल्कको ५० प्रतिशत जम्मा गरि टिम दर्ता गरिने छ।

उक्त प्रतियोगितामा च्याम्पियन हुने टिमले बेलडाँडीकै सबै भन्दा ठुलो धनराशिको पुरस्कार हात पार्ने छ। प्रतियोगिताको प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रु नगद र ट्रफी, प्रमाण पत्र, मेडल हात पार्ने छ भने दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ नगद राशी ट्रफी, प्रमाण पत्र, मेडलमा चित्तबुझाउनु पर्नेछ । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडी, उत्कृष्ट फरुवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खुल्ला प्रतियोगिता भएकाले सबै क्लब संघ संस्थालाई आफ्नो टिम दर्ता गराई प्रतियोगिता सफल पार्नमा सहयोग गर्दिन समेत उपाध्यायले अनुरोध गरेका छन् । उनले यो प्रतियोगिता आयोजना गर्न र सफल बनाऊन आ–आफ्नो ठाउबाट सहयोग गर्न फुटवल प्रेमी, व्यापारी, विभिन्न संघ संस्थालाई अनुरोध समेत गरेका छन् । टिमलाई सुझाव तथा सम्पर्कका लागि यो नं. राखिएको छ ९८०९४१६४९७, ९८०९४२७८३४






