कञ्चनपुर : कञ्चनपुर जिल्लाको महेन्द्रनगर धितोपत्र बजार सम्बन्धि लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सनिवार विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एसोसियशन को आयोजना तथा त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड (स्टक ब्रोकर नं. ४८) को व्यवस्थापनमा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम होटेल ओपेराको सभाहलमा आयोजना गरिएको त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड (स्टक ब्रोकर नं. ४८) महेन्द्रनगरका शाखा प्रमुख देवराज जोशीले बताउनु भयो।

धितोपत्र बजार सम्बन्धि लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमका सभापति धितोपत्र बोर्ड को तर्फबाट अजय ढुंगाना, कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष धर्म सिंह रावल विशिष्ट अतिथिमा सि डि ए सि को तर्फबाट किशोर भट्ट अतिथिमा त्रिशक्ति सेक्युरिटी का कार्यकारी प्रमुख टंक प्रसाद गौतम लगायत धितोपत्र बजार सम्बन्धि लगानीकर्ता सरोकारवाला निकायका पदाधिकारीको गरिमामय उपस्थिति रहेको थियो।
भने कार्यक्रम सञ्चालन त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड (स्टक ब्रोकर नं. ४८) महेन्द्रनगर शाखा प्रमुख देवराज जोशीले गर्नु भएको थियो।








