दोधारा । ६८ औ प्रहरी दिवसको अवसरमा दोधारा चाँदनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ् । ६८ औ प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले शिद्धनाथ मन्दिर परिसरमा सरसरफाई कार्यक्रम सम्पन्न गरेको प्रहरीले जनाएको छ् ।

सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको शिद्धनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । ईलाका प्रहरी कार्यालय र दोधारा चाँदनी नगरपालिका– ४ र ७ मा रहेका प्रहरी चौकीले बिभिन्न समयमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ् ।







