दोधारा चाँदनीमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु अर्का घाईते


दोधारा । दोधारा चादनीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ् भने अर्का गम्भीर घाइते भएका छन् । शुक्रबार राति वडा नम्बर–६ मा म १ प २४६८ नम्बर र से २ प १४५२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर सोही ठाँउ बस्ने २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ । अर्का चालक २० वर्षीय भिम बहादुर थापा म्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारत लगिएको छ ।


ताजा समाचार

spot_img