रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार छली गरील्याईएका अबैध तस्करीका समान बरामद गर्न एकपछि अर्काे एक्सन चलाए संगै धमाधम बरामद गर्न थालेकाे छ । गाेदाममै छापा मारेर प्रहरीले दिनहु जसाे लाखाैकाे मुल्यका समान सहित व्यक्तिलाई समेत पक्राउ गर्न थालेकाे हाे । यसै क्रममा शुक्रबार ११ लाख मुल्य बराबरका अवैध प्लाष्टिक सहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशिल गुप्ता समान सहित पक्राउ परेका हुन्। गुप्ताले सञ्चालन गरेको हिमांशु प्लाष्टिक स्टोरको गोदामबाट नेपाल सरकारले प्रतिबन्ध गरेका भन्सार छलीका करिब ११ लाख मुल्य बराबरका प्लाष्टिकजन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए। बरामद गरेका सामानसहित पक्राउ परेका गुप्तालाई भोलि भन्सार कार्यालय गड्डाचौकी पठाउने सुचना अधिकारी प्रहरी निरीक्षक पन्तले बताए। यसरी कञ्चनपुरमा तस्करी नियन्त्रण गर्न प्रहरीले अभियाननै चलाए संगै भन्सार छली गरेर ल्याएका अबैध काराेेवार गर्ने व्यापारीकाे भागाभागनै भएकाे छ ।
प्रहरीले गत बर्ष भन्दा यश बर्ष १ सय ६३ प्रतिशतले राजस्वमा समेत बृद्विभएकाे जनाएकाे छ । अबैध गाेदाममै छापा मार्न थालेपछि भन्सार छलीका अबैध समान बरामदमा प्रहरीले उलेख्य प्रगति गर्न थालेकाे छ । प्रहरीकाे याे कार्यकाे भने चारैतिर प्रशंसा समेत गर्न थालिएकाे छ ।






