कसरी पुग्ने अपी हिमाल ?

कञ्चनपुर : साइकलयात्री भरत विक्रम शाह (फारवेष्टर्न राइडर) ले अपी हिमाल भ्रमणको भिडियो सार्वजनिक गरेका छन् । साइलयत्री शाहले आफ्नै युट्युब च्यानल फारवेष्टर्न राइडर बाट उक्त भिडियो सार्वजनिक गरेका हुन्। शाहले सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमाल कसरी जान सकिन्छ तथा अपिको सुन्दरता झल्काउने लगभग १ घण्टा ४३ मिनेटको भिडियो युट्युबमा सार्वजनिक गरेको बताएका छन्।

शाहले उक्त भिडियो निर्माणमा फारवेष्टर्न राइडरका अरु सदस्यहरूको पनि निकै योगदान रहेको बताएका छन्। गोकुलेश्वर, मकरीगाड हुँदै २ दिनको पैदल यात्रापछि पुगिने अपि हिमालको काखले छुट्टै आनन्द महशुस भएको शाहले सुदूरपश्चिम खबरलाई जानकारी दिएका छन्। शाहले यसै मनोरञ्जनात्मक यात्रालाई भिडियो मार्फत देखाउन खोजेका छन्।

ताजा समाचार

spot_img