दोधारा । दोधारा चाँदनीमा ‘डे नाईट क्रिकेट’ संचालनको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय बजेट बिनियोजन गरेको छ् । ‘डे नाईट क्रिकेट’ संचालनको लागी दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले केही दिन अघि रु. ४ लाख ५० हजार रकम बिनियोजन गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । बिनियोजन गरिएको रकम रु. ४ लाख ५० हजारमा लागत साँझेदारी हुने गरि ‘डे नाईट क्रिकेट’ संचालन गरिने बताईएको छ् । उक्त ‘डे नाईट क्रिकेट’ शुदुर मिडिया प्रालिले संचालन गर्न लागेको हो ।


यस अघि पनि शुदुर मिडिया प्रालिले ‘डे नाईट क्रिकेट’ संचालन गरेको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थीले कार्यपालिका बैठकले ‘डे नाईट क्रिकेट’ संचालनको लागी केही दिन अघि रु. ४ लाख ५० हजार रकम बिनियोजन गरेको बताएका छन् । ‘रु. ४ लाख ५० हजारमा लागत साँझेदारी हुने गरि ‘डे नाईट क्रिकेट’ संचालन गर्ने निर्णय भएको छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थीले भने । कार्यपालिकाको बैठकमा ‘डे नाईट क्रिकेट’ संचालन शुदुर मिडिया प्रालिले ससंचालन गर्ने भन्ने कुरा उल्लेख नभएको उनले बताएका छन् ।


वडा कार्यालयहरु सुचना प्रकाशित गरि आउदो २४ गते देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ‘डे नाईट क्रिकेट’ संचालन हुने जनाएका छन् । ‘डे नाईट क्रिकेट’ संचालनको लागी वडाहरुबाट क्रिकेट टिम माँग गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा खेलकुद बिकास समितिका अध्यक्ष हर्क बहादुर थापाको अध्यक्ष पदबाट राजिनामा पछि खेलकुद बिकास समितिमा बिबादमा छ् ।








