दोधारा चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी सुरु


दोधारा । दोधारा चाँदनी नगरपालिकामा आदर्श रामलिला नाट्य श्रंखलाको तयारी सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष रामलिला नाट्य श्रंखला संचालन गर्ने तयारीमा जुटेको हो । रामलिला संचालनको लागी कलाकार छनौट कार्य संचालन, प्रशिक्षण लगाएतका काम सुरु गरिएको आदर्श रामलिला नाट्य श्रंखला दोधारा चाँदनीका निर्देशक शुशिल राना मगरले जानकारी दिएका छन् । बिगतका दिनहरुमा पनि लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने तयारीमा आदर्श रामलिला समिति जुटेको छ् ।

‘अनेकन कठिनाई र चुनौतीको बावजुत परम्परा जोगाउनैका लागि भए पनि रामलिला लगाउनै पर्ने अवस्थामा समिति पुगेको र आज बाट रेहलसेल (अभ्यास) शुरु गरिएको जानकारी गराउदै यहाँहरु सम्पूर्णबाट सहयोगको आशा राखेका छौ । आदर्श महापुरूष श्री रामको लिलाले राम्रै कुरा दिन खोजेको हुन्छ । तर लिनेले कसरी लिन्छ त्यो, उसको विवेक र क्षमता माथी निर्भर गर्दछ । बाँकी दर्शकहरुको आ आफ्नै बुझाई …’ दोधारा चाँदनी नगरपालिकाका मेयर तथा आदर्श रामलिला समिति दोधारा चाँदनीका अध्यक्ष किशोर कुमार लिम्बुले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

आदर्श रामलिला समिति दोधारा चाँदनीले कामको जिम्मेवारी बाँडफाँड लगाएत कार्य समेत चाडै अघि बढाईने बताईएको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास समेत गरिएको छ् । रामलिला नाट्य श्रंखला संचालनको लागी केही दिन देखि कलाकारहरुले अभ्यास सुरु गर्दै आएका छन् ।

लोक संस्कृतीको संरक्षण संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबैको साथ र सहयोगको आदर्श रामलिला समितिले अपेक्षा राखेको छ् ।


ताजा समाचार

spot_img