
दोधारा । सामाजसेवी भिम कुमालले नेतृत्व गर्दै आएको स्वतन्त्र समुहले दोधारा चाँदनीमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । दोधारा चाँदनी नगरपालिका– १ पशुपती टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको स्वतन्त्र समुह दोधारा चाँदनीका नेतृत्वकर्ता भिम कुमालले जानकारी दिएका छन् । पशुपती टोलको महाकाली माता मन्दिरबाट सुरु गरिएको सरसफाई कार्यक्रम अघि बढ्दै सडकमा रहेको झाँडी फोहर सरसफाई गर्दै कार्यक्रम सम्पन्न गरेका थियो । शनिवारको दिन फुर्सदको समयमा सामाजिक कार्यमा समय दिने उद्धेश्यले सरसफाई कार्य गरिएको स्वतन्त्र समुहका अर्का नेता भक्त बहादुर सुनारले बताएका छन् । केही दिन अघि स्वतन्त्र समुहको एक बैठकले राष्ट्रिय दलसंग समायोजन संगै फुर्सदको समयमा समाजिक कार्यमा अग्रसर हुने निजर्ण गरेको थियो ।


२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्तत्र समूहले मेयर उप मेयर सहित सबै वडामा उम्मेदवार खडा गरी चुनाव लडेको थियो । स्वतन्त्र समुहले संचालन गरेको सरसफाई कार्यक्रमलाई स्थानियहरुले स्वागत गर्दै सामजको लागी उत्कृष्ठ कार्य भनेका छन् । स्वतन्त्र समुह दोधारा चाँदनीका नेतृत्वकर्ता भिम कुमालले फुर्सदको समयमा स्वतन्त्र समुहको टोलीले यस्ता बिभिन्न खाले सामाजिक कार्य गर्दै जाने बताएका छन् ।

स्वतन्त्र समूहले यस बाहेक सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गने, वडा तथा नगर सम्मेलन गरि समिति चयन गर्ने, किसान, मजदुर, श्रमिकहरुको हकहितका कार्यहरु गर्नुका साथै अनियमितता भ्रष्टाचार विरुद्ध सशक्त रुपमा आवाज उठाउने र सामाजिक कार्यमा अग्रसर हुने निर्णय गरेको छ् ।







