कञ्चनपुर : संसद सचिवालयमा शिक्षा विधेयक दर्ता भएसगै ३ असोजदेखि सबै प्रकृतिका शिक्षक, विद्यालय कर्मचारीले आन्दोलन गरेका थिए । ५ असोजमा शिक्षक महासंघ र सरकारविच ६ बुँदे सहमती भयो, उक्त सहमतीमा स्थायी प्रकृतिका शिक्षक सहमत भएर काममा फर्किए,तर राहत, बाल विकासका शिक्षक सहितका विद्यालयले निरन्तर आन्दोलन गरिरहेका थिए । उनीहरुले स्थायी प्रकृतिका शिक्षक महासंघका आफ्नै सहकर्मीले धोका दिएको भन्दै आन्दोलन गरिरहेका थिए । ६ असोजदेखि १२सम्म निरन्तर आन्दोलनमा होमिएका राहत शिक्षक, बाल विकासका शिक्षक, साविक उच्च माविका शिक्षकदेखि विद्यालय कर्मचारीले निरन्तर आन्दोलन गरिरहेका थिए ।
केन्द्र र जिल्लामा आन्दोलन गरिरहेका शिक्षक, कर्मचारीसंग शुक्रबार सरकारले वार्ता गरेको छ । शिक्षा विज्ञान तथा प्रविधीमन्त्री अशोक कुमार राईसंग ५ बुदे सहमती भएको छ । आन्दोलनरत शिक्षक कर्मचारी र सरकारविच पाँच बुँदे सहमती भएपछि आन्दोलन फिर्ता भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द ढाँटले आन्दोलनरथ शिक्षक कर्मचारीसंग सरकारलेवार्ता गरेको बताए । राहत शिक्षक, बाल विकासका शिक्षक, साविक उच्च मावि शिक्षक, विद्यालय कर्मचारीले अघि सारेका माग पुरा गर्न सरकारले प्रतिबद्धता जाहेर गरेपछि आन्दोलन फिर्ता गरिएको बताए ।
‘अहिले हाम्रा मागका विषयमा सरकारले प्रतिबद्धता जाहेर गरेको छ, ‘उनले भने, ‘विधेयक पारितका दौरानमा समावेस नगरेर पारित नगरे पुन आन्दोलन गछौँ ।’ वास्तविक रुपमा नेपालको सार्वजनिक शिक्षा सुधारका लागि एक प्रकृतिका मात्रै शिक्षकले अघि सारेका माग पुरा गर्दैमा सुधार नहुने र सबै प्रकृतिका शिक्षकका जायज माग सम्बोधन गरेर सरकारले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिमा जोडदिईएको छ । सरकारसंग भएका पाँच बुँदे सहमती यि हुन











