कञ्चनपुर : कञ्चनपुर जिल्ला प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा भीमदत्त नगरपालिका वडा न.६ सुकाशालमा अवैध लाखौंको समान बरामद गरेको छ ।

विहीबार बेलुका ५ बजेको समयमा भन्सार छलेर ल्याएका बेवारिसे रु. तिन लाख छयालिस हजार पाँचसय पैसठ्ठी बराबरका चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायत बिभिन्न किसिमका सामान फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्कर राज पन्तले बताए ।

उक्त बरामद गरको अवैध समानलाई शुक्रबार भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर बुझाईएको छ।







