दोधारा । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) कंचनपुरले बिश्व रेबिज दिवसमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । ‘एक स्वास्थ्य, एक गन्तव्य’ नारा सहित दोधारा चाँदनी नगरपालिकाको शारदा सरस्वती माबिका बिद्यार्थीहरुलाई १७ औं बिश्व रेबिज दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ नेल्टा कंचनपुरका अध्यक्ष गोबिन्द भट्टले जनाएका छन् । रेबिज रोग के हो र यसबाट बच्न के गर्नुपर्छ भन्ने बिषयमा सचेत गरिएको थियो ।

शारदा माबिमा कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरुलाई एक दिने रेबिज सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरिएको नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) कंचनपुरका अध्यक्ष गोबिन्द भट्टले बताएका छन् । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) कंचनपुरले बिश्व रेबिज दिवस अवसरमा निशुल्क रेबिज खोप जनचेतना कार्यक्रम, स्कुल शिक्षा, प्रभातफेरी जस्ता सचेतनामुलक कार्यक्रम संचालन गर्ने गर्छ् ।

पशुबाट मानिसमा सर्ने धेरै रोगहरु मध्ये सबै भन्दा डरलाग्दो प्राणघातक रोग नै रेबिज हो । रेब्डो भाईरस (विषाणु) बाट लाग्ने प्राणघातक रोगले केन्द्रिय स्नायु प्रणालीमा असर गरि असामान्य लक्षणहरु देखा पर्ने गरेको सचेतनामुलक कार्यक्रममा बताईएको छ् । कार्यक्रममा बिद्यार्थीहरुले रेबिज सम्बन्धी आफ्ना जिज्ञासा राखेका थिए ।

सचेतनामुलक कार्यक्रममा नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ नेल्टा कंचनपुरका अध्यक्ष गोबिन्द भट्टले प्रशिक्षण दिएका छन् ।
